पोखरीमा बालकको शव, अपहरणपछि हत्या गरिएको आशंका

पोखरीमा बालकको शव, अपहरणपछि हत्या गरिएको आशंका

वीरगन्जः बहुदरमाई नगरपालिका–२ बैरीया पिपरामा आइतवार बिहान साढे बजेदेखि हराएका एक बालक मृत अवस्थामा फेला परेका छन् । बिहान साढे आठ बजेतिर खाना खाएर खेल्न निस्किएका स्थानीय शिवजी साहका ६ वर्षीय छोरा आयुब साह घरबाट तीन सय मिटर उत्तरस्थित पोखरीमा आइतवार दिउँसो मृत फेला परेका हुन् ।

बिहान घरबाट निस्केका बालकको कसैले अपहरण गरी हत्यापछि पोखरीमा फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । पोखरीमा रहेको बालकको शव आइतवार बेलुकीसम्म स्थानीयले निकाल्न दिएका छैनन् । तालिम प्राप्त कुकर घटनास्थलमा ल्याएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्नुपर्ने गाउँलेको माग छ । 

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शव भेटिएको पोखरीको डिलमा घाँस मडारिएको देखिएकाले घटना शंकास्पद भएको बताए । गाँउलेहरुको माग अनुसार हेटौँडामा रहेको नेपाल प्रहरीको गणबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाइएको छ । उक्त टोली आएपछि मात्र पोखरीबाट शव निकाल्ने जानकारी उनले दिए ।

यसअघि गत मंसिर १६ गते मृत भेटिएका बालकका ठूलो बुवा सञ्जय साहका १० वर्षीय छोरा सुमित कुमारको पनि हत्या गरिएको थियो । मंसिर १३ गतेदेखि घरबाट बेपत्ता सुमितको शव मंसिर १६ गते साँझ बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला परेको थियो । 

सुमितको हत्यामा संलग्नलाई प्रहरीले अहिले सम्म पनि पक्राउ गर्न सकेको छैन । जगरनाथपुर गाउपालिका–४ सुहपुरको बँगुली खोलाको छेउमा पनि आइतवार अपरिचित एक महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेकी ती महिलाको शव खोलाको छेउमा फेला परेको हो ।

सडेको अवस्थामा फेला परेको शव कसको हो भन्ने खुल्न नसकेकाले अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.