हेटाैडा र उदयपुर सिमेन्टको क्षमता बढ्ने

हेटाैडा र उदयपुर सिमेन्टको क्षमता बढ्ने

 काठमाडौं : सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगको स्तरोन्नति गरिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमन्ट उद्योगको क्षमता बढाउन लागेको हो। आर्थिक वर्ष २०७५/७६ मा उदयपुर सिमेन्ट उद्योगको ५० प्रतिशत क्षमता बढाउन थालिएको हो। क्षमता बढाउदा एक लाख ३२ हजार टन क्लिंकर उत्पादन हुनेछ। त्यसपछि ६० प्रतिशत क्षमतामा उत्पादन लक्ष्यसहित आर्थिक तथा प्राविधिक रूपले सक्षम हुने उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन्।

उदयपुरको क्षमता बढाउन चालु आवमा आवश्यक मेसिन खरिद भइसकेको छ। आगामी आवमा कम्तीमा ५० करोड रुपैयाँसम्मको पुँजीगत सामान किनिनेछ। उपकरणको प्राथमिकता पहिचान गरी मर्मत सम्भार तथा पुनस्र्थापनाको काम थालिने सचिव खतिवडाले बताइन्।

‘उत्पादन कार्यमा प्रयोग हुने जिप्सम, फलामे धाउ, पोली व्यागलगायत कच्चा पदार्थ एवं कोइला, फर्नेस आयल र डिजेललगायत इन्धन खरिद गरिनेछ’, उनले भनिन्, ‘तीन महिनाको उत्पादन बराबरको न्यूनतम मौज्दातको व्यवस्था गर्न प्रयत्न गरिनेछ।’

सात बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग रुग्णको दर्जाबाट माथि उक्सिसकेको छ। दैनिक १४ देखि १५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि दुई÷तीन वर्षअघिसम्म यसको आधा पनि उत्पादन गर्ने अवस्था उद्योगको थिएन। अहिले दैनिक करिब १२ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ। विगत १० वर्षमा यो उत्पादन सबैभन्दा बढी हो। उत्पादित सिमेन्ट तत्कालै बजारमा जाने गरेको छ।

हेटौंडा सिमेन्ट उद्योगको मुख्य प्लान्ट स्तरोन्नति गरी दैनिक दुई हजार टन क्षमता पुर्‍याउने योजना अघि सारिएको छ। दुई वर्षभित्र यो काम सम्पन्न गर्ने सरकारको योजना छ। हाल उद्योगले दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गरिरहेको छ। यो उद्योगको स्तरोन्नतिका लागि सरकारले एक अर्ब २० करोड खर्च गर्नेछ।

आधिकारिक बिक्रेता तोकिँदै

सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्टको आधिकारिक बिक्रेता तोक्न मन्त्रालयले तयारी गरेको छ। सिमेन्टको उपस्थितिलाई कायम राख्न प्रत्येक गाउँपालिकामा एउटा डिलर राख्ने योजनामा छ। सरकारी सिमेन्ट सर्वसाधारणको पहुँचमा नपुगेको गुनासो बढेपछि यसबारे अध्ययन गर्ने तयारी गरेको मन्त्रालयका सचिव खतिवडाले बताइन्। उनले भनिन, ‘कर्मचारीले अग्रिम बुकिङ लिएर निश्चित समूहलाई मात्रै सिमेन्ट सर्वसाधारण ग्राहकसम्म पुग्न सकेन। गुणस्तरीय सिमेन्ट खोज्ने सर्वसाधारणले सहज रूपमा हेटौंडा र उदयपुरका उत्पादन पाउनुपर्छ भन्ने हाम्रो सोच छ।’


हेटौंडा सिमेन्ट उद्योगको मुख्य प्लान्ट स्तरोन्नति गरी दैनिक दुई हजार टन क्षमता पुर्‍याउने योजना अघि सारिएको छ।

अहिले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक आठ सय मेट्रिक टनको हाराहारी छ। बजार प्रतिस्पर्धा गर्न नसकेपछि सर्वसाधारणसम्म सरकारी सिमेन्टको पहुँच कम देखिएको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए। उनले भने, ‘सरकारी सिमेन्टको बजार हिस्सा ५ प्रतिशत मात्र छ। अन्य निजी क्षेत्रका उद्योगको तुलनामा सरकारी सिमेन्टको बजार हिस्सा न्यून भएकाले बजारमा यसको सहज पहुँच हुन नसकेको हो।’

भारतबाट क्लिंकर आयात गरेर सामान्य ‘ग्रान्डिङ प्लान्ट’ मात्र जडान गरेर सिमेन्ट उत्पादन गर्ने प्रवृत्ति नेपालमा छ। हेटौंडा र उदयपुर सिमेन्ट कारखानाले भने अहिलेसम्म आफ्नै क्लिंकर प्रयोग गर्दै आएका छन्। गुणस्तरीय क्लिंकर उत्पादन गरेकै कारण सिमेन्टमा पनि गुणस्तर कायम गर्न सकिएको दुवै कारखानाको दाबी छ। उदयपुरको क्षमता विस्तार हुँदै जाँदा अन्य सिमेन्ट कम्पनीलाई क्लिंकर बिक्री गर्न सक्ने योजना अगाडि सारिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.