गाडीभित्रै सामूहिक बलात्कार

गाडीभित्रै सामूहिक बलात्कार

 गाईघाट : एक महिलालाई अपहरण गरी गाडीभित्र लगेर सामूहिक बलात्कार गरेको आरोपमा उदयपुरबाट चार युवक पक्राउ परेका छन्।लालपत्ता प्रहरी चौकीको टोलीले एमबीबीएस पढ्दै गरेका युवासहित चार जनालाई आइतबार मध्यराति पक्राउ गरेको हो। औषधि किन्न सिरहाको लहान बजार गएकी एक महिलालाई अपहरण गरी बा.१४च ६८१७ नम्बरको स्कर्पियो गाडीमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा डाक्टरी पढ्दै गरेका सिरहा लहान नगरपालिका-६ का २५ वर्षीय सन्देश गुप्तासहित स्थानीय २४ वर्षीय अमित गुप्ता, २५ वर्षीय विवेक साह र चालक सिरहा मिर्चैयाका २६ वर्षीय नितेशकुमार साह छन्।

गाईघाट-कदमाह सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्तामा सुरक्षा जाँचका क्रममा गाडीभित्र महिला नग्न अवस्थामा फेला परेपछि चार युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिएका छन्। प्रहरीले सोधपुछ गर्दा ती महिलाले आफूलाई लहान बजारबाट अपहरण गरी गाडीमा चढाएर बलात्कार गरेको बताएको एसपी भट्टले सुनाए। ती महिलालाई आइतबार राति अभियुक्तले अपहरण गरेको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.