धरानका मेयर तारा सुब्बाको मृत्यु

धरानका मेयर तारा सुब्बाको मृत्यु

धरान : धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। ५२ वर्षीय सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको उनका पिएसओ देवहाङ राईले जानकारी दिए।

निमोनिया भएपछि उनी एक महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्। मृतक सुब्बाका श्रीमती र छोरा छन्। 

को हुन् तारा सुब्बा ? 

विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका सुब्बा युवा आन्दोलनको नेतृत्व गर्दै अघि बढेका थिए । जनप्रतिनिधिका रुपमा लामो समय काम गरेका उनी तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका थिए। 

उनले २०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन सुरु गरे  । २०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परेका थिए । 

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको स्थापना गरी दुई कार्यकालसम्म उनले जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । 

२०५४ को स्थानीय निर्वाचनमा धरान-१७ बाट वडा सदस्यमा निर्वाचित भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्य रहे । यस्तै, एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको अध्यक्ष समेत उनै हुन् । मेयर ५१ वर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हुन् । 

पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बा तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा थिए । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य पनि भएका थिए । उनी पार्टीमा माधव नेपाल पक्षका मानिन्थे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.