पहिरोले बुर्तिवाङ बजारका दर्जन घर पुरिए

पहिरोले बुर्तिवाङ बजारका दर्जन घर पुरिए

बागलुङ : अविरल वर्षापछि आएको बाढी पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा दर्जन घर पुरिएका छन्। बुर्तिबाङ बजारदेखि माथिल्लो भागबाट आएको पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिनुका साथै दर्जन पक्की घरमा समेत क्षति पुगेको छ। बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगा माटो र बगरले पुरिएको छ। 

प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो। यस्तै, २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।  पहिरोले मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बुर्तिबाङ सडक खण्ड समेत ठाउँ ठाउँमा अवरुद्ध भएको छ।

 इलाका प्रशासन कार्यालय र प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। ‘दिउँसो बजार जलमग्न भएको र राति १० बजेपछि झनै ठूलो पानी परेकाले रातभर जाग्राम बस्न वाध्य भएका छन्’ इलाका प्रशासन कार्यालयका प्रमुख जनक थापाले भने, ‘मानवीय क्षति नभए पनि धेरै मानिसको बास खोसिएकोे छ, स्थानीय बासिन्दा त्रसित बनेका छन्।’ 

पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएको उनले बताए। प्रहरी र स्थानीयले रातिदेखि नै उद्दारको काम थालेका थिए। ‘पहिरो खस्न साथ डोजर लिएर उद्दारमा खटियौं, घरभित्रका सबैलाई जवरजस्ती सुरक्षित स्थानमा पठायौं,’ थापाले भने, ‘समयमा उद्दार नगरेको भए ठुलो मानवीय क्षति हुन्थ्यो।’ 

बजार जलमग्न भएर घर र पसलहरुमा हिलो पसेकाले पैदल हिँड्न पनि सास्ती भएको छ। तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको प्रहरी निरीक्षक यादवले बताए। पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन्। धेरैजसोले पालेका कुखुराहरु सबै पुरिएको छ। बजारदेखि भवरेटा जाने ग्रामीण सडक खनेको ट्रयाकबाट पानीले ढुगां, माटो एकैसाथ ल्याएकाले  प्रहरीले बताएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.