सरकारी गाडीमा वन कर्मचारीको घुमफिर

सरकारी गाडीमा वन कर्मचारीको घुमफिर

 विराटनगर : जिल्ला वन कार्यालय उदयपुरका कर्मचारीले लामो समयदेखि सरकारी गाडीको दुरुपयोग गरेको खुलेको छ।

कार्यालयको काममा गएको देखाउँदै सरकारी गाडी लिएर आफ्नो व्यक्तिगत काम र घुमफिरमा अधिकृत स्तरका कर्मचारी निस्कने गरेको खुलेको हो। वनको अनुगमन गर्नका लागि भनेर निस्किएको वन कर्मचारीको एउटा टोली सोमबार धनकुटाको भेडेटार लगायतका स्थान घुमफिर गरेर राति अबेर फर्किएको छ।

घुमफिरको नेतृत्व सहायक वन अधिकृत लालबावु यादवले गरेका थिए। बा २ झ ४०९ नम्बरको जिल्ला वन कार्यालय उदयपुरको गाडी लिएर यादवको नेतृत्वमा अनुगमनका लागि भनेर निस्किएको वन कर्मचारीको टोली धनकुटाको भेडेटार, नाम्जे र कोसी व्यारेज घुमफिर गरेर फर्किएको हो। घुमफिरका तस्बिर उनीहरुले आफै फेसबुकबाट सार्वजनिक गरेका छन्।

 
जिल्ला वन अधिकृत विष्णु भण्डारीले यादवलाई उदयपुरको मैनामैनीमा अनुगमनका लागि पठाएका थिए। भण्डारीका अुनसार बेलका नगरपालिकामा रहेको हात्तीसार र माछापुच्छ«े सामुदायिक वनको अनुगमनका लागि उनी कार्यालयबाट निस्किएका हुन्। तर वनको अनुगमन छाडेर उक्त गाडी लिएर यादवसहितको टोली सिधै सुनसरीको चतरा, धरान, धनकुटाको भेडेटार, नाम्जे र इटहरी हुँदै कोसी ब्यारेज सम्म पुगेर फर्किएको हो। यस अघि पनि कटारीमा अनुगमनका लागि भनेर निस्किएका उनी जनकपुर घुमेर फर्किएका थिए।

‘कार्यालयकै काममा गरेको देखाएर अधिकृत स्तरका कर्मचारी गाडी लिएर निस्कने गरेका छन्,’ स्रोतले भन्यो, ‘त्यसपछि उनीहरु आफ्नो व्यक्तिगत काम र घुमफिरमा निस्कने गरेका छन्।’ यस विषयमा कर्मचारीहरुले कार्यालय प्रमुख भण्डारीलाई पटक पटक गुनासो पनि गरिसकेका छन्। भण्डारीले गाडी दुरुपयोग नगर्न कर्मचारीलाई स्पष्ट निर्देशन दिए पनि दुरुपयोग हुने क्रम भने नरोकिएको कर्मचारीको भनाइ छ। 

सहायक वन अधिकृत यादवले भने आफू दुईवटा वनको अनुगमन गरेर फर्किएको दाबी गरेका छन्। ‘म कार्यालयको काममा गएको हुँ। घुमफिरमा सरकारी गाडी लिएर गएको छैन’, उनले भने। यादवले अनुगमनपछि प्रतिवेदन बनाउने काम भइरहेको र तयार भएपछि वन अधिकृतलाई बुझाउने बताए।

 जिल्ला वन अधिकृत भण्डारीले यस विषयमा छानविन सुरु गरिएको बताए। ‘चार महिना पहिले पनि मोटरसाइकल दुरुपयोगको कुरा आएको थियो,’ उनले भने, ‘आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा छाडिएको हो।’ भण्डारीले कार्यालय समयमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि सरकारी गाडीको दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही हुने उनको भनाइ छ। ‘छानविन सुरु भएको छ’, भण्डारीले भने, ‘सरकारी गाडी दुरुपयोग भयो भनेर कसैले गलत सूचना दिएको पनि हुन सक्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.