टुक्रिएको नवलपरासीको नाम नवलपुर राख्न सिफारिस

टुक्रिएको नवलपरासीको नाम नवलपुर राख्न सिफारिस

पोखरा : राज्यको पुनःसंरचना हुँदा टुक्रिएको नवलपरासी जिल्लाको गण्डकी प्रदेशतिर पर्ने भूभागलाई नवलपुर जिल्ला नामकरण गर्न प्रदेश सरकारले संघलाई सिफारिस गरेको छ। गण्डकी प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त सिफारिस गरेको हो। 

अहिलेसम्म उक्त भूभागको नाम नवलपरासी (बर्दघाट सुस्तापूर्व)उल्लेख हुँदै आएको छ। कावासोतीमा अस्थायी सदरमुकाम रहँदै आएकोमा त्यसैलाई स्थायी बनाउन पनि सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। ‘कावासोतीमा जिल्ला सदरमुकामका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ’, उनले भने। 

चीनसँग जोडिने उत्तरी नाका कोराला र भारतसँगको नाका त्रिवेणीमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न संघीय सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए। ‘यी २ नाकाले नै हाम्रो प्रदेशको समृद्धि प्रारम्भ गर्ने भएकाले पूर्वाधारमा जोड दिएको हौं,’उनले भने, ‘कोराला-जोमसोम-बेनी-मालढुंगा-पोखरा-दुम्कीवास-त्रिवेणी सडक निर्माणको जिम्मा प्रदेशलाई दिन पनि नेपाल सरकारसँग अनुरोध गरेका छौं।’

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.