इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन : प्रदेश १ का खेलाडीको आँखा उपाधिमा

इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन : प्रदेश १ का खेलाडीको आँखा उपाधिमा

धरान : विराटनगरकी ब्याडमिन्टन खेलाडी सीमा राजवंशी भारतमा २१ दिनको ब्याडमिन्टन खेल प्रशिक्षण लिएर फर्किएकी छन्। नेपालमा पनि निकै कडा अभ्यास गरिरहेकी उनी यसपटकको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नका लागि आफूले तयारीमा कुनै कसर नछाडेको बताउँछिन्।

खेल जित्नका लागि नै खेल्ने बताउँदै उनले भनिन्, ‘जित्छु भनेर नै अहिले धेरै तयारी गरिरहेकी छु।’ प्रदेश १ स्तरीय प्रतियोगितामा उनले महिला एकल, महिला यू—१९ र मिक्स डबल तीनवटै स्पर्धाको उपाधि जितेकी थिइन्।

साउन ७ गतेदेखि काठमाडौंमा आयोजना हुने अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेर प्रदेश नम्बर १ को लागि इतिहास रच्ने उनको सपना छ। सीमासँगै प्रदेश १ बाट छानिएका अन्य खेलाडीले पनि तयारी तीव्र बनाएका छन्। खेलाडीले तालिम लिने र बिहान बेलुका कडा अभ्यास गरेर तयारी गरिरहेका छन्। प्रदेशस्तरीय छनोटको तीन विधामा उत्कृष्ट बनेका धरानका सुजन श्रेष्ठ पनि उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पार्ने उद्देश्यले तयारी गरिरहेका छन्। ‘उपाधि जित्न दैनिक धरान— १३ स्थित अमर सेवा समाजको कभर्ड हलमा ट्रेनिङ लिइरहेको छु,’ उनी भन्छन्। सुजन धरानमा भएको प्रदेशस्तरीय छनोटमा पुरुष युगल, मिक्स डबल र पुरुष डबलतर्फको विधामा प्रथम भएका थिए।

झापाका प्रनिशसिंह ठकुरी पनि यस पटकको प्रतियोगिताको उपाधि प्रदेश १ मै भित्र्याउनका लागि एक महिनादेखि धरानमा बसेर प्रशिक्षण लिइरहेका छन्। छनोट चरणमा यू—१९ तर्फको उपाधि जितेका उनले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्ने अठोट लिएका छन्। प्रदेशस्तरीय छनोटका क्रममा यू—१९ र पुरुष डबल्स स्पर्धामा प्रथम तथा पुरुष युगलतर्फ दोस्रो भएर उनी तीनवटा विधाका लागि छनोट भएका थिए।

सानै उमेरदेखिको ब्याडमिन्टन खेलाडी बन्ने चाहना अन्नपूर्ण पोस्ट्ले पूरा गरिदिएको बताउने धरानका सत्यम सुब्बा पनि यतिबेला कडा अभ्यासमा व्यस्त छन्। उनी यू—१९ स्पर्धाका लागि छनोट भएका हुन्। सुजन, सीमा, प्रनिश र सत्यमबाहेक प्रदेश १ स्तरीय छनोटमा परेका अन्य खेलाडी पनि उपाधि जित्ने अठोटसहित कडा अभ्यासमा सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.