नारायणघाट–मुग्लिन सडकमा पहिरो

नारायणघाट–मुग्लिन सडकमा पहिरो

चितवन : नारायणघाट–मुग्लिन सडकखण्डको टोपे खोलामा पहिरो गएको छ। अविरल वर्षाका कारण बिहान सवा पाँच बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार बाटो खुलाउन चार घण्टा बढी लाग्ने बताइएको छ। ‘दुई वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको छ तर अहिले पनि पहिरो गएकाले समस्या भइरहेको छ’ उनले भने। 
 पहिरो गएपछि जुगेडी र मुग्लिङमा गाडी रोकिएका छन्। जुगेडी र मुग्लिङबीचमा रहेका केही सवारी साधान समेत हटाउने काम भइरहेको केसीले बताए।

उक्त सडकखण्डको टोपे खोला र चारकिलोमा पहिरो जोखिम क्षेत्र हो। यस क्षेत्रमा पहिरोका कारण केही दिनअघि १२ घण्टा सडक अवरुद्व भएको थियो।भौगोलिक बनावट कमजोर भएकाले पहिरो नियन्त्रण गर्न मिल्ने अवस्था समे नभएको बताइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.