वीपी प्रतिष्ठानको अनियमितताको छानविन सुरु

वीपी प्रतिष्ठानको अनियमितताको छानविन सुरु

धरान : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितिताको छानविन सुरु भएको छ । सरकारले गठन गरेको छानविन समितिले बिहीबारदेखि प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएर छानविन सुरु गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिष्ठानको अनियमितता भएको विषयमा छानविन सुरु गरेको हो । प्रतिष्ठानमा २०७२ सालदेखि  गरिएको भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी साधन खरिद पक्रियामा भएको सबै अनियमितताको छानविन थालिएको छानविन समितिका सदस्य समेत रहेका स्वास्थ्य मन्त्रालयका बायो मेडिकल इन्जिनियर मुकुन्द खतिवडाले बताए ।

प्रतिष्ठानका पूर्व उपकुलपती बलभद्रप्रसाद दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र हालका उपकुलपती राजकुमार रौनियारका पालामा भएका अनियमितताको छानविन गरी दोषिउपर कारवाहीका लागि सरकारलाई सिफारिस गर्ने खतिवडाले बताए । पूर्व उपकुलपती दासका पालामा मातृ शिशु स्याहार केन्द्र भवनको ठेक्का, मेडिकल उपकरणहरु खरिद र सवारी साधनहरुको खरिदमा समेत मूल्य दरभन्दा बढी देखाएर भुक्तानी दिएको उजुरी परेपछि सरकारले छानविन समिति गठन गरेको हो । 

हालका उपकुलपति रौनियारको पालामा समेत मेडिकल उपकरण खरिदमा समेत अनियमितता गरेको उजुरी परेपछि २०७२ सालदेखि यता भएका सबै आर्थिक कारोवारहरुको फाइल नियन्त्रणमा लिएर टोलीले छानविन थालेको छ । छानविन समितिले प्रतिष्ठानका उपकुलपति रौनियार, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, सहायक रजिष्ट्रार अमित श्रीवास्तव लगायतका कर्मचारीहरुको बयान समेत लिएको छ ।

छानविन समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव तारानाथ पौडेल, उपसचिव भवनाथ खतिवडा, भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिलादेवी बर्जचार्य लगायतले प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरिरहेका छन् । सरकारले छानविन समितिलाई छानविन अवधिभर धरानमा नबस्न निर्देशन दिएको बुझिएको छ । छानविन टोली इटहरीको पाथिभरा होटलमा बसेर प्रतिष्ठानको छानविन गरिरहेको छ । 


प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले प्रतिष्ठानमा आफूले नेतृत्व सम्हालेपपछि आर्थिक अनियमिततालाई नियन्त्रण गरेको दावी गर्दे छानविन समितलाई छानविन गर्न पूर्णरुपमा सहयोग गरिरहेको बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.