बीपी प्रतिष्ठानका डाक्टर आन्दोलित, पुर्जी काटेका विरामी पनि जाँचेनन्

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलित, पुर्जी काटेका विरामी पनि जाँचेनन्

धरानः गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा सबैको पहुँच माग गर्दै  १९ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको सर्मथनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरहरु आन्दोलित भएका छन् । 

केसीका माग पुरा गराउन प्रतिष्ठानका चिकित्सकहरुले विहिवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । 

प्रतिष्ठान प्रशासनले विहान ८ बजेदेखि विरामीको पुर्जा काटेर नियमित विरामी जाच्ने व्यवस्था गरेको भएपनी जुनियर रेसिडेन्ट वेयलफेयर सोसाइटीले आन्दोलन सुरु गरी ओपिडि सेवा बन्द गराएका छन् । 

सोसाइटीका अध्यक्ष डाक्टर जीवनाथ धमलाको नेतृत्वमा डाक्टरहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघको मागलाई समेत वेवास्था गर्दै प्रतिष्ठान प्रशासनले प्रतिष्ठानका सबै सेवा सुचारु गरेको भन्दै डाक्टरहरुले प्रतिष्ठानका उपकुलपती राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएर प्रतिष्ठानका सेवा बन्द गर्न चेतावनी दिएका छन् । 

डाक्टरहरुले पुर्जी काटेर लाइनमा बसेका विरामीलाई नजाँच्दा सयौं विरामी उपचारबाट बञ्चित भएका छन् । आमाको उपचार गर्न झापाबाट आएका दिलबहादुर लिम्बुले चिकित्सकले उपचार नगर्ने भनेपछि घर फर्कनु परेको गुनासो गरे । 
सरकारले केसीका माग पुरा गराउन सकारात्मक पहल नगरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सोसाइटीका अध्यक्ष धमलाले बताएका छन् । 

उनले प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्न प्रतिष्ठान निर्देशक, शिक्षाध्यक्ष, विभागिय प्रमुखहरुलाई समेत सेवा सुचारु नगर्न चेतावनी दिएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा. डा राजकुमार रौनियारले विरामीको उपचार गरी नियमित सेवा दिन डाक्टरहरुलाई आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.