किसानले फाले सडकमा गोलभेंडा

किसानले फाले सडकमा गोलभेंडा

फिदिम : गोलभेंडाको बजारीकरणका लागि सरकारले चासो नदिएको भन्दै पाँचथरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका छन्।

मुख्य सिजनमै मूल्य नपाएपछि पकेट क्षेत्र हिलीहाङ–१ अमरपुरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका हुन्। भारतले नेपालको गोलभेंडा आयातमा रोक लगाएपछि बारीमै करोडौंको गोलभेंडा कुहिएको जनाइएको छ। झापाको काँकडभिट्टा नाकाबाट एक महिनायता गोलभेंडा निकासी गर्न नपाउँदा बारीबाटै उत्पादन उठ्न छाडेको छ।

काँकडभिट्टाबाट भारत निर्यातमा रोक लागेपछि पाँचथर, इलाम, धनकुटालगायत जिल्लामा उत्पादित गोलभेंडा बारीमै कुहिने अवस्था आएको हो। निर्यातजन्य वस्तुको सूचीमा नपरेको भन्दै भारतले रोक्दा किसानले गोलभेंडा निकासी गर्न नपाएको बताइएको छ। गोलभेंडा खेतीका लागि सरकारले प्रोत्साहन गरेर बजार सुनिश्चित नगर्दा किसान मारमा परेका हुन्।

‘करोडौं मूल्यबराबरको गोलभेंडा कुहिएर जाँदा पनि सरकारले निकासीका लागि चासो नदिएकाले सांकेतिक रूपमा विरोध जनाएका हौं’, अमरपुरका प्रकाश उप्रेतीले भने, ‘अमरपुरमा मात्रै दैनिक १० लाख रुपैयाँबराबरको गोलभेंडा कुहिएर खेर गइरहेको छ।’ समस्या समाधान गर्न सरकारले चासो नदिए चक्काजाम गर्ने चेतावनी किसानले दिएका छन्।

‘भारत निकासी ठप्प हुँदा नेपालमै बिक्ने गोलभेंडाले ढुवानी भाडा पनि साट्दैन’, भीमप्रसाद वाग्लेले भने, ‘बिर्तामोडसम्म ढुवानी गर्न प्रतिकिलो ६ रुपैयाँ लाग्छ। किसानको बारीमा प्रतिकिलो एक रुपैँयामा पनि बिक्न छाडेको छ।’

अमरपुरका दुई गाउँमा मात्र यसपटक ३ करोड मूल्यबराबरको गोलभेंडा खेर गएको किसानको भनाइ छ। हिलीहाङ र नागी गाउँ गोलभेंडाका पकेट क्षेत्र मानिन्छन्। यो क्षेत्रका किसान अन्नबाली छाडेर गोलभेंडाको व्यावसायिक खेतीमा लागेका थिए। गोलभेंडाले मूल्य नपाएर बारीमै कुहिँदा किसान चिन्तित बनेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.