नौ इरिट्रियालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

नौ इरिट्रियालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं : गृह मन्त्रालयले पूर्वी टिमोरको नक्कली राहदानीमा बोस्निया हर्जगोभिना हुँदै युरोप छिर्न खोज्ने ९ इरिट्रियालीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन गरेको छ । गत असार १८ गते त्रिवि अध्यागमन कार्यालयबाट पूर्वी टिमोरको नक्कली राहदानीमा प्रस्थान अनुमति लिएका नौ इरिट्रियालीलाई बोस्निया हर्जगोभिनाले फिर्ता (डिपोर्ट) गरेपछि उनीहरू पक्राउ परेका थिए । अध्यागमन विभागले नौ इरिट्रियालीलाई नक्कली राहदानीमा शंकास्पद यात्रा गरेको भन्दै एक वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर निष्काशन गर्ने निर्णय गरेको हो ।

अध्यागमन विभागको हिरासतमा रहेका नौ इरिट्रियालीलाई फर्काउन उनीहरूका आफन्तसमेत काठमाडौं आइपुगेका छन् । अध्यागमन विभाग मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले नौ इरिट्रियालीलाई निष्काशन गर्ने निर्णय भइसकेको र टिकटको व्यवस्था हुने वित्तिकै उनीहरूलाई फिर्ता पठाइने बताए ।

थापाले अन्नपूर्णसँग भने, ‘इरिट्रियाको राहदानी समेत उनीहरूका आफन्तले ल्याइदिएका छन् । निर्णय भइसकेको छ, अब प्रक्रिया पु¥याएर पठाउँछौं ।’ उनीहरू काठमाडांैमा पक्राउ परेको थाहा पाएपछि अफ्रिकी मुुलुक इरिट्रियाबाट उनीहरूका आफन्त नेपाल आएका थिए । तीनका आफन्तले उनीहरूलाई फिर्ता लैजान टिकट मिलाउँदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले असार ६ गते पूर्वी टिमोरको नक्कली राहदानीमा आएका नौजना इरिट्रियालीलाई आगमन (अराइभल) अनुमति दिएका थिए । असार १८ गते त्यही नक्कली राहदानीमा प्रस्थान अनुमति लिएका उनीहरूलाई बोस्निया हर्जगोभिनाले असार २१ मा नेपाल फिर्ता पठाएको थियो । इरिट्रियाका नागरिक जोन हेवेटाको संयोजनमा उनीहरू नक्कली राहदानीमा नेपाल प्रवेश गरेका थिए ।

त्रिवि अध्यागमनका कर्मचारीले नौ इरिट्रयालीसँग भएको पूर्वी टिमोरको नक्कली राहदानीमा आगमन र प्रस्थान अनुमति दिएका थिए । हेवेटा नेपाल आए पनि बोस्निया हर्जगोभिना गएनन् । कतारमा बसेर हेबेटाले उनीहरूलाई बोस्निया हर्जगोभिना पठाउने प्रयत्नमा थिए । । हेवेटाको सेटिङमा नेपाल हुँदै बोस्निया हर्जगोभिना छिर्ने र त्यहाँबाट अनुकूलता अनुसार युरोपेली देश जाने उनीहरूको तयारी थियो ।

पूर्वी टिमोरका राहदानी वहाकले बोस्निया हर्जगोभिनामा अन अराइभल भिसा पाउँछन् । इरिट्रियाका नागरिकहरुले भने बोस्निया हर्जगोभिना जान अग्रिम भिसा लिनु पर्दछ ।

त्रिवि अध्यागमनमा पासपोर्ट रिडेबल मेसिन (पीआरएम) र यूवी लाइट भए पनि ती प्रभावकारी छैनन । अध्यागमन विभागले नक्कली राहदानी वहाक नौ इरिट्रियाली नागरिकलाई निष्काशन गर्ने निर्णय गरे पनि उनीहरूलाई प्रस्थान र आगमन अनुमति दिने कर्मचारीमाथि सामान्य सोधपुछ समेत गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.