घट्यो अदालतमा मुद्दामामिला

घट्यो अदालतमा मुद्दामामिला

फुङलिङ : ताप्लेजुङ जिल्ला अदालतमा मुद्दाको संख्या घटेको छ । पछिल्ला तीन वर्षमा अदालतमा मुद्दा आउन कम भएको जिल्ला न्यायाधीश कृपासुर कार्कीको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा अदालतले ५ सय ५२ मुद्दा संख्या पुग्ने अनुमान गरेकोमा ४ सय मात्र दर्ता भए । ३ सय २२ वटा मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ । अघिल्लो आवमा अदालतमा ४ सय ६० वटा मुद्दा आएकामा ३ सय ११ (६७ प्रतिशत) फैसला भएको थियो । गत वर्ष भने अदालतले ८० प्रतिशत फछ्र्योट गरेको छ । आव २०७२/७३ मा ५ सय ७२ मुद्दा दर्ता भई ७२ प्रतिशत फैसला भएको देखिएको छ ।

नागरिक सचेत बन्दै गएको र स्थानीय तहका न्यायिक समितिले मुद्दा हेर्न थालेपछि घटेको हुन सक्ने जिल्ला न्यायाधीश कार्कीको ठम्याइ छ । स्थानीय निर्वाचनपछि उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गत वर्षदेखि मात्र गठन भए पनि मुद्दा भने तीन वर्षयता नै घटेका हुन् । गत वर्षदेखि जिम्मेवारी सरी आएका मुद्दा सातवटा रहेको अदालतले जनाएको छ । १८ महिना नाघेका मुद्दा दुईवटा रहेको जनाइएको छ ।

उनका अनुसार गत वर्ष देवानीभन्दा फौजदारी अपराधका मुद्दा बढी आएका थिए । १ सय ९८ फौजदारी र १ सय ९५ देवानी मुद्दा दर्ता भएको जनाइएको छ । घरेलु हतियार र मदिराका कारण समस्या बढेको बताइएको छ ।

सबैभन्दा बढी ज्यान मार्ने उद्योग, त्यसपछि कुटपिट, लुटपाटका मुद्दा बढी आउने गरेको उनले सुनाए । गत वर्ष चुनावको समय भएकाले राजनीतिक दलका कार्यकर्ताको विवादका मुद्दा पनि आएकाले संख्या बढेको हो ।

अदालतले अभियुक्तलाई ९५ लाख ११ हजार जरिवाना तोकेकोमा ८३ लाख ८८ हजार उठ्न बाँकी छ । कैद सजाय पनि २० प्रतिशत मात्र भुक्तान भएको पाइएको छ । १ हजार ५ सय २३ वर्ष कैद तोकिएकामा १ हजार २ सय ८८ वर्ष अझै भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ ।

७८ प्रतिशत मुद्दा फछ्र्योट

भोजपुर ः जिल्ला अदालत भोजपुरले आर्थिक वर्ष २०७४÷७५ मा ७८.७ प्रतिशत मुद्दाको टुंगो लगाएको छ । गत आवमा २ सय ६५ मुद्दामध्ये अदालतले २ सय ७ वटाको फैसला गरेको हो । अदालतले आव २०७३÷७४ को ६१ र गत आवको २ सय ४ गरी २ सय ६५ मध्ये अदालतले अन्तिम नौ महिनाका ५८ वटा मुद्दा चालू आवमा सारेको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामका अनुसार फछ्र्योट गर्न बाँकी मुद्दामध्ये ३० वटा ०७५ वैशाखमा आएको र म्याद थप्ने, मुद्दाको रोकथामलगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले तत्काल टुंगो लगाउन नसकिएको हो । सम्बन्धविच्छेदका ५८ मुद्दामा ४५ वटा फछ्र्योट भएको जनाइएको छ । २५ देखि ४० वर्ष उमेर समूहका दम्पती सम्बन्धविच्छेदको मुद्दा लिएर आउने गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.