मेडिकल कलेज सरकारीकरणको मागसहित माइतीघरमा उत्रिए युवा

मेडिकल कलेज सरकारीकरणको मागसहित माइतीघरमा उत्रिए युवा

काठमाडौं: शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । सञ्चालनमा रहेका सबै शैक्षिक संस्था र स्वास्थ्यसंस्थालाई राष्ट्रियकरण गर्नुपर्ने माग प्रर्दशनमा संलग्नहरूले गरेका छन् । 

शनिबार राजधानीको माइतीघर मण्डलामा यूवाहरुको संगठन 'युथ एलायन्स' ले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नु पर्ने माग गरेका हुन् ।

उनीहरुले शिक्षा र स्वास्थ्यजस्ता गम्भीर र संवेदनशील क्षेत्रलाई सरकारीकरण गर्नुपर्ने माग गरे । प्रदर्शनमा सहभागीले सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर समाजवादतर्फको यात्रा सुरु गर्नुपर्ने बताएका थिए ।

अभियान्ता आरके रोमश र प्रेम ढकालले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरणका लागि दबाब दिन अभियान थालिएको बताए । यो अभियान देशभर लैजाने उनीहरूले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.