अनुसन्धानमै बिते आठ वर्ष

अनुसन्धानमै बिते आठ वर्ष

तुलसीपुर : दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल(हेमराज) को हत्या भएको आठ वर्षसम्म पनि प्रहरीले सत्य तथ्य सार्वजनिक गर्न सकेको छैन। राप्ती सञ्चार सेवा तथा रेडियो तुलसीपुर दाङका तत्कालिन अध्यक्ष धितालको २०६७ सात साउन ६ गते दाङको उरहरीमा गोली हानी हत्या गरिएको थियो।

हत्या भएका धितालको अनुसन्धान सकिएको भनेर सार्वजनिक गरेको प्रहरीले अहिलेसम्म पनि फाइल अनुसन्धानमै राखेको छ।दाङका प्रतिष्ठित व्यवसायी र सञ्चार उद्यमीको रुपमा रहेका धितालको फुलबारी गाविसबाट काम सकेर तुलसीपुर घरतर्फ फर्कदै गर्दा उरहरी- ६ हेमनगरमा अज्ञात समुहले लखेटी-लखेटी गोली हानी समसाँझै हत्या गरेको थियो।

धितालको हत्या भए लगतै नेपाल प्रहरीको जिल्ला तथा केन्द्रले छुटा छुटै समिति बनाएर अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा केही तथ्य फेला परेको भन्दै केही व्यक्तीलाई नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म घटनाको यथार्थता बाहिर आउन सकेको छैन।

त्यसपछि जिल्लामा भएका केही घटनामा प्रहरी अनुसन्धानमा सफल देखिएको भए पनि सञ्चार उद्यमी धिताल हत्या बारेमा भने प्रहरी अनुसन्धानमा मात्रै सीमित देखिएको छ। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत तत्कालिन डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा गठन भएको अनुसन्धान समितिले १८ पेजको प्रतिवेदन समेत जिल्ला प्रहरीलाई बुझाएको थियो। 

अनुसन्धान समितिले प्रतिवेदन बुझाएको भए पनि प्रहरीले त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। दाङ प्रहरीका प्रमुख दुर्गा सिंहले धिताल हत्याको विषयमा प्रहरी निरन्तर अनुसन्धानमा रहेको बताइन।

उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले फाइल र मिसिल अध्ययन, अनुसन्धान गरिरहेको हुँदा जिल्ला क्रियाशील नभएको बताइन। अनुसन्धानका लागि सिआइबीका नयाँ टोलीसमेत गठन भएको र  अध्ययन अनसन्धानको प्रगति ढिलो चाडो सार्वजनिक हुने बताइन्।

उनले सञ्चार उद्यमी धिताल हत्यामा संलग्न अपराधी ढिलो चाडो कानुनी दायरामा आउने विश्वास व्यक्त गरिन्। 'विभिन्न समयमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान थालिएको छ, उनले भनिन्, 'निश्कर्षमा पुगेका छैनौं, निश्कर्षमा पुगे पछि सत्य तथ्य बाहिर आउँछ।'

अहिलेसम्म जिल्लामा आउने हरेक प्रहरी प्रमुखले हत्याको फाइल अनुसन्धानमै रहेको भन्दै आएका छन्। तर आठ वर्षसम्म जिल्लाको नेतृत्व गर्ने प्रहरी प्रमुखले प्रतिवेदन समेत सार्वजनिक गर्न सकेका छैनन्। नत अपराधीलाई कानुनी दायरामा नै ल्याउन सकेका छन्
।  

आठ÷आठ वर्षसम्म हत्याको वास्तविकता सार्वजनिक नभए पछि परिवारमा समेत आक्रोश देखिएको छ। धितालकी श्रीमति मञ्चु धितालले पतिको हत्यामा संलग्नलाई सार्वजनिक गर्न र कानुनी कारवाही गरी परिवारलाई न्याय दिन आग्रह गरेकी छन्। धितालले प्रहरीको अनुसन्धान अहिलेसम्म सार्वजनिक नहुनुले पीडामा पीडा थपिएको बताइन्।

रेडियो तुलसीपुरका महासचिव महेन्द्र लामिछानेले अध्यक्ष धितालको हत्याको सत्य तथ्य सार्वजनिक गरेर दोशीलाई कारवाही गर्न माग गरे।उपाध्यक्ष अर्जुन गिरीले सञ्चार उद्यमीको हत्या भएको आठ वर्षसम्म पनि सत्य तथ्य बाहिर आउन नसक्नु दुखत भएको भन्दै तत्काल दोषी पहिचान गरी कानुनी कारवाहीमा लैजान माग गरे।

उनले अहिलेसम्मको प्रगती मात्रै सार्वजनिक भए केही सन्तोष हुने अवस्था रहने भन्दै अनुसन्धानमा तदारुकताका देखाउन प्रहरी प्रशासनलाई आग्रह गरे। गिरीले अनुसन्धानमा प्रहरीको उदाशीलता देखिएको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.