पोखरामा बोलबम मेला सुरु (फोटो फिचर)

पोखरामा बोलबम मेला सुरु (फोटो फिचर)

पोखरा : पर्यटकीय नगरी पोखरामा साउनको पहिलो सोमबारदेखि बोलबम धार्मिक मेला सुरु भएको छ। साउनको प्रत्येक सोमबार बिहानै पोखराको बगरस्थित सेती नदी किनार गाईघाटमा स्नान गर्न नदीमा पूजा गर्ने र जल लीन भक्तजनहरु पुग्ने गर्दछन्। 

साउनको पहिलो सोमबार पोखराको गाईघाटमा बोलबम भक्तजनको ठूलो मेला लागेको छ।  पुरुषहरु गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा सजिएर सेती नदी किनारमा पूजा गरे। तराई र भारतको विभिन्न स्थानबाट पोखरा आई व्यापार व्यवसाय गरेका भक्तजनको पनि बोलबम धार्मिक मेलामा बाक्लो उपस्थिति थियो। 

सेनी नदी किनारमा पूजा गरिसकेपछि भक्तजनहरु 'बोलबमको ध्वनीले, शान्ति पाउन् साराले' भन्ने मूलमन्त्रका साथ बोलबम यात्रामा निस्केका थिए। पोखराको बैदाम लेकसाइडस्थित केदारेश्व महादेवमणि सेवाश्रम समितिको आयोजनामा प्रत्येक वर्ष बोलबम जलयात्रा हुँदै आएको छ। 

भक्तजनले गाईघाटबाट जल लिएर ८ किलो मिटर हिँडेर लेकसाइडस्थित केदारेश्वर मन्दिरमा जल चढाउने गर्दछन्। केदारेश्व महादेवमणि मन्दिरको आयोजनामा भएको १५ औं संस्करणको बोलबम जलयात्रामा भक्तजनको ठुलो उपस्थिति थियो। पूजा पछि भक्तजनले भजन, चुड्कामा नृत्य गरेका थिए।

गाईघाटबाट जलयात्रामा निस्केका भक्तजन पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर पनि शिव भगवानलाई जल चढाउने गर्दछन्। विन्ध्यवासिनी मन्दिर धार्मिक विकास समितिको आयोजनामा पनि छुट्टै कार्यक्रम गरी बोलबम जलयात्रा हुँदै आएको छ। यस वर्ष साउन महिनामा ४ वटा सोमबार परेका छन्। साउने सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

 वर्षायाममा उर्लेर आएको सेती नदी किनारमा पुगेका भक्तजनको सुरक्षाका लागि सशस्त्र प्रहरी गण कालीका तालीम प्राप्त रेस्क्यु टिम परिचालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.