मुख्यमन्त्री गुरुङ भन्छन्ः देउवाका नेता गोविन्द केसी

मुख्यमन्त्री गुरुङ भन्छन्ः देउवाका नेता गोविन्द केसी

कावासोतीः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई नेता मानेर हिँडेको आरोप लगाएका छन् । 

पूर्वी नवलपरासीमा दुई दिने कार्यक्रम बनाएर सोमबार कावासोती आएका गुरुङ्ले बीपी र गिरिजाप्रसाद कोइरालाको अवशानपछि पहिलो पटक कांग्रेस वैचारिक नेतृत्व संकटमा परेकाले अहिले कुनै मुद्दा नपाएर शेरबहादुर देउवाले केसीको अनावश्य मुद्दा बोकेर हिँडेको आरोप लगाए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवलपुर जिल्लाद्वारा सोमबार कावासोती–८ मा आयोजना गरिएको ४० औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने, ‘आफैँले शासन चलाए जस्तो गरी अल्पसंख्यक पार्टीले भन्दैमा जुन पायो त्यही विधयेक पास र फेल हुँदैन ।’ 

उनले कांग्रसले च्याखे थाप्दैमा कम्युनिस्ट सरकारको  सिद्धान्त र अडान नबदलिने भन्दै सत्याग्रहबाट सरकार नझुक्ने पनि स्पष्ट पारे । उनले कम्युनिस्ट सरकार २५ वर्षसम्म टिकिरहने दाबीगर्दै यसबाट कांग्रेस अतालिएको बताए । 

मंगलबारसम्म पूर्वी नवलपरासीमा रहने गुरुङले सोमबार जिल्लाका कार्यालय प्रमुखसँग भेटगरी नयाँ जिल्लाका रुपमा स्थापना भएको नवलपुर क्षेत्रको अवस्था र सरकारी संरचना तथा सेवा प्रदानका विषयमा जानकारी लिएका थिए । त्यस क्रममा उनले कुनै पनि बहानामा जनताका काममा ढिलासुस्ती नगर्न पनि कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रम अन्तरगत गुरुङ्ले त्रिवेणी नाकामा रहेको छोटी भन्सार, दुम्कीवास–त्रिवेणी जोडने सडकको बारेमा जानकारी लिएका छन् ।  त्यसैगरी त्रिवेणी–पोखरा–कोरला सडक निर्माणका लागि प्रदेश सरकारले निर्णय गरी केन्द्रमा पठाएकाले त्यसलाई दु्रत रुपमा अघि बढाउने मुख्यमन्त्री गुरुङ्ले कार्यक्रममा बताएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.