डा.केसीका माग सम्बोधन गर्न कांग्रेस उपसभापति निधिको आग्रह

डा.केसीका माग सम्बोधन गर्न कांग्रेस  उपसभापति निधिको आग्रह

काठमाडौं :  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन्। 

युरोप भ्रमणपछि मंगलबार स्वदेश फर्किएका उपसभापति निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिए । 

उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गरेका थिए । निधि आफ्नो भ्रमण कार्यक्रम छोट्याएर स्वदेश  फकिएएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.