सवारी राजस्व स‌ंकलन : प्रदेश ३ ले उठायाे १२ अर्ब

सवारी राजस्व  स‌ंकलन : प्रदेश ३ ले उठायाे १२ अर्ब

काठमाडौं : प्रदेश ३ का यातायात कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा १२ अर्बभन्दा बढी राजस्व संकलन गरेका छन् । यातायात विभाग अन्तर्गतका कार्यालयले सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व संकलन गरिरहेका छन् ।

सोही अनुरुप विभागले सबैभन्दा बढी राजस्व प्रदेश ३ बाट संकलन गरेको छ । विभागको तथ्यांकअनुसार गत आवमा प्रदेश ३ बाट मात्रै १२ अर्ब १३ करोड ८५ लाख ४२ हजारभन्दा बढी राजस्व संकलन भएको छ ।

यो कुल यातायात क्षेत्रको राजस्व संकलन रकमको ५१ प्रतिशतभन्दा बढी हो । गत आव विभागले देशभरबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेश ३ मा सवारीसाधन करमार्फत पाँच अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यसैगरी विभागले सडक सम्भार तथा मर्मत शुल्क शीर्षकमा पाँच अर्ब ३० करोड, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुरमार्फत एक अर्ब र इम्बोस्ड नम्बर प्लेट जडानबाट एक करोड ९५ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

यसैगरी गत आवमा प्रदेश २ अन्तर्गतका यातायात कार्यालयले चार अर्ब २६ करोड ९३ लाख ३० हजार राजस्व संकलन गरेका छन् ।

प्रदेश २ बढी राजस्व संकलन गर्नेमा दोस्रो नम्बरमा पर्छ । राजस्व संकलनमा प्रदेश २ को हिस्सा १८ प्रतिशत छ ।

गत आवमा प्रदेश २ ले सवारीसाधन करमार्फत एक अर्ब २८ करोड, सडक सम्भार तथा मर्मत, दुई अर्ब ३४ करोड र चालक अनुमतिपत्र तथा सवारी इजाजत शीर्षकमा ५३ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तैगरी तेस्रो बढी राजस्व संकलन गर्नेमा प्रदेश ५ छ । प्रदेश ५ ले गत आवमा तीन अर्ब ३० करोडभन्दा बढी राजस्व संकलन गरेको छ । यो कुल राजस्वको संकलनको झन्डै १४ प्रतिशत हो ।

यस्तैगरी चौथौ बढी राजस्व संकलन गर्ने प्रदेश १ परेको छ । प्रदेश १ अन्तर्गतका यातायात कार्यालयले कुल दुई अबै १२ करोड ६७ लाख रुपैयाँ ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेश १ ले गत आवमा सावरीसाधन कर शीर्षकमा एक अर्ब १६ करोड, सडक सम्भार तथा ममर्त शुल्कमार्फत ५० करोड ०१ लाख र चालक अनुमतिपत्र तथा सवारी इजाजात शीर्षकमा ३७ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश १ ले संकलन गरेको राजस्व रकम कुल राजस्व रकमको करिब १० प्रतिशत हुन आउँछ ।

यसैगरी गत आवमा प्रदेश ४ अन्तर्गतका यातायात कार्यालयले एक अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यसैगरी प्रदेश ७ ले ५१ करोड ७४ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ भने प्रदेश ६ ले सबैभन्दा धेरै नौ करोड २१ लाख ८७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागले जनाएको छ ।

कुन शीर्षकमा कति राजस्व

यातायात कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शीर्षकमा राजस्व संकलन गरेका छन् । विभागमा अनुसार यो शीर्षकमा मात्रै १० अर्ब ६५ करोड, ७६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी सडक सम्भार तथा मर्मत दस्तुरमार्फत नौ अर्ब ४३ करोड ३६ लाख ९० हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर शीर्षकमा दुई अर्ब ८४ करोड ७० लाख रुपैयाँ र इम्बोस्ड नम्बर प्लेट जडानमार्फत एक करोड ९५ लाख राजस्व संकलन भएको छ ।

यस्तैगरी विभागले यातायात क्षेत्रको आम्दानी शीर्षकमा ६८ करोड ६० र प्रशासनिक दण्ड जरिवानमार्फत ५४ लाख ६५ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

सवारी राजस्व विवरण

        प्रदेश        संकलित रकम (रुपैयाँ)

        १        २,१२६,७५१,२७७

        २        ४,२६९,३३०,२६६

        ३        १२,१३८,५४२,५६१

        ४        १,२०५,२०३,४६१

        ५        ३,३००,४४४,१५३

        ६        ९२,१८७,०४०

        ७        ५१७,४६०,५९०

        जम्मा        २३,६४९,९१९,३४७

स्रोतः यातायात व्यवस्था विभाग


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.