एक महिनामै करोडौं खर्च

एक महिनामै करोडौं खर्च

काठमाडौं : आर्थिक मितव्ययिताको नारा दिँदै आएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले असारमा आर्थिक सहायता, अतिथि सत्कार र विदेश भ्रमणमा नै करोडौं रुपैयाँ उडाएको छ । ओली सरकारले एकै दिन विभिन्न व्यक्ति र संस्थालाई १ करोडभन्दा बढी आर्थिक सहायतावापत बाँडेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ करोड ५१ लाख रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले एकै दिन गत असार २० मा आर्थिक सहायतावापत विभिन्न व्यक्तिलाई ६९ लाख रुपैयाँ दिने निर्णय गरेको स्रोतले बतायो । सोही दिनको निर्णयअनुसार भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई १० लाख, दमकका डा.भम्का राईलाई १० लाख, दमककै अमिषा बस्नेतलाई २० लाख, लक्ष्मीप्रसाद सुहाङलाई ३ लाख, झापाका देवीप्रसाद बराललाई ३ लाख, ताप्लेजुङका ताराहाङ लिम्बू ताप्लेजुङ ३ लाख, पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख, स्व.हरिशरण लामिछानेका हकदारलाई १० लाख, धरानका जुगल सुब्बालाई ५ लाख रुपैयाँ वितरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ताप्लेजुङका रविन सुनुवार र अनुप खिम्दिङलाई जनही ३÷३ लाख रुपैयाँ वितरण गरिएको छ ।

सरकारले असार एक महिनामा सेल्टर आ श्रम काठमाडौंलाई २० लाख ५८ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ भने अखिल नेपाल कवाडी संघलाई १५ लाख र विश्व प्रजातान्त्रिक युवा संघलाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

द्वन्द्वपीडितका नाममा १ अर्ब ६६ करोड

सरकारले द्वन्द्वपीडितलाई भन्दै १ अर्ब ६६ करोड, ७२ लाख रुपैयाँ गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरेको छ । द्वन्द्वपीडितलाई राहत भन्दै ठूलो रकम दिने निर्णय भए पनि द्वन्द्वपीडितको कुनै विवरण खुलाइएको छैन ।

प्रश्रितलगायतलाई भत्तास्वद्वप ४५ लाख

सरकारले तत्कालीन एमालेका पूर्वनेता तथा साहित्यकार मोदनाथ प्र िश्रतलगायत चार जनालाई आजीवन भत्ता भन्दै ४५ लाख २५ हजार दिने निर्णय गरेको छ । प्र िश्रतसहित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.वासुदेव त्रिपाठी, निरञ्जन चापागाई र मञ्जु चापागाईलाई प्रतिष्ठानको आजीवन सदस्यता भत्ता शीर्षकमा रकम दिने निर्णय गरिएको हो ।

विदेश भ्रमणमा ४१ लाख

असारमा विभिन्न मन्त्री र अर्थ मन्त्रालयका कर्मचारीको विदेश भ्रमणमा नै ४१ लाख रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विभिन्न मन्त्रीले विदेश भ्रमणमा २५ लाख र अर्थ मन्त्रालयका कर्मचारीले विदेश भ्रमणमा १६ लाख १६ हजार रुपैयाँ खर्च गरेका छन् ।

मोदी भ्रमणमा ७ करोडभन्दा बढी

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा ७ करोडभन्दा बढी खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यसअनुसार प्रदेश २ लाई ४ करोड ४० लाख रुपैयाँ दिइएको थियो भने सरकारले काठमाडौंमा अतिथि सत्कार र सुरक्षा व्यवस्था शीर्षकमा २ करोड ९० लाख रुपैयाँ खर्च गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.