युएईले हङकङलाई ६ विकेटले हरायो

युएईले हङकङलाई ६ विकेटले हरायो
सुन्नुहोस्

काठमाडौं : युएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ। त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आइतबार मूलपानीमा भएको खेलमा युएईले पहिलो जित निकालेको हो।

हङकङले दिएको १४९ रनको लक्ष्य युएईले दुई ओभर अगावै पूरा गर्‍यो। युएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ४० रन बनाए।

त्यस्तै खालिद शाहले ३७, व्रित्या अरविन्दले २९, आसिफ खानले १२ र अलिशानले अविजित २० र बसिल हमिदले अविजित ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। हङकङका लागि बाबर ह्यातले सर्वाधिक ६६ रन बनाएका थिए भने अजिज खानले ४८ रनको अविजित पारी खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.