गोंगबु घटनाको छानविन गर्न प्रधानमन्त्रीको निर्देशन

गोंगबु घटनाको छानविन गर्न प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

प्रधानमन्त्रीले गोंगबुमा भएको घटनाको गम्भीर रुपमा छानविन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रुपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखलाई निर्देशन दिएका छन्। 

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर घटनाको छानविन गरी र अन्याय परेका सबैलाई न्याय दिन र दोषीलाई कारबाही गर्न निर्देशन दिए।

प्रधानमन्त्रीले भने, 'गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।'

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए। 

गोंगबु घटनामा ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानको नतिजा प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो। 

गृहमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्रीसँगै रहेकाले सुरक्षा निकायका प्रमुखलाई बोलाए प्रधानमन्त्री प्रचण्डले देशको शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.