पहिलो खेलमै आयोजक धनकुटा स्तब्ध

पहिलो खेलमै आयोजक धनकुटा स्तब्ध
सुन्नुहोस्

धनकुटा : घरेलु टोली आयोजक धनकुटा पहिलो खेलमै विराटनगरको पेमा युवा क्लबसँग स्तब्ध भएको छ। १५औं सहिद भीमनारायण गोल्डकपको उद्घाटन खेलमा पेमा युवा क्लबसँग आयोजक धनकुटा ४-२ गोलअन्तरले पराजित बन्न पुग्यो। 

धनकुटा सदरमुकामस्थित तल्लो टुडिखेलमा सम्पन्न खेलमा दुवै टिमबाट २-२ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पेमा युवा क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गर्‍यो। ३१औं मिनेटमा आकाश राईले गोल गर्दै आयोजक धनकुटालाई सुरुवाती अग्रता दिलाए। पाँच मिनेट वित्न नपाउँदै पेमाका विदेशी खेलाडी ओशकरले गोल गर्दै खेल बराबरीमा ल्याए। 

खेलको ७७औं मिनेटमा ओशकरले गोल गर्दै पेमालाई अग्रता दिलाए। तर ८२औं मिनेटमा धनकुटाका दिपेन शाक्यले गोल गर्दै खेल राबरीमा ल्याए। थपिएको ३ मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पेमाको तर्फबाट प्रशान्त राई, प्रविण राई, विदेश खेलाडी युनिक, रिमले गोल गरे भने ओशकरले गोल गर्न सकेनन्। त्यस्तै धनकुटाको तर्फबाट मनकुमार राई र अजय राईले मात्र गोल गरे भने विशाल भण्डारी र योगेश थेगिमले गोल गर्न सकेनन्। खेलको म्यान अफ द म्याच पेमाका कोमल खवास घोषित भए । उनले नगद ४ हजार सहित ट्रफी प्राप्त गरे। 

सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता छ। प्रतियोगिता आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै विधागततर्फका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने छ।  

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन। २०६३ सालपछि गोल्डकप वर्षेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.