कोरियाका दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा केदारको प्रस्तुति

कोरियाका दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा केदारको प्रस्तुति

काठमाडौं : रङ्गकर्मी केदार श्रेष्ठले कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गरेका छन्। उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभलमा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ मञ्चन गरेका हन्।

अंग्रेजीमा ‘मिस्टर मुन, मिस सन एण्ड मिसेस क्रो’नाम दिइएको सो एकल प्रस्तुति एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशालामा क्रममा तयार पारिएको हो। मिन्डुले थिएटर र फेस्टिभल पुमको निर्देशक सङ्ग इन्ह्युन को सुपरिवेक्षेणमा कोरियाली प्रसिद्ध लोकथामा नेपाली पात्र र परिवेश थपेर श्रेष्ठले नाटक निर्देशन साथै अभिनय गरेका हुन्।

‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत हुन्।

कोरियाको लोकप्रिय लोककथामा नेपाली पात्र र परिवेश थपिएको छ। नेपालमा शुभ समाचारको प्रतीकको रुपमा लिइने कागलाई थप्दै नेपाली लोक भाका समेत समावेश गरिएको थियो।

आमाको पर्खाइमा रहेका भोका दाजु र बहिनीले छट्टु बाघसँग गरेको संघर्ष कथामा छ। उनीहरूलाई यो संघर्षमा कागले निरन्तर साथ दिन्छ। नेपाली परिवेशमा ढाल्ने क्रममा कोरियाली लोककथामा भन्दा फरक रुपमा मृत्युपर्यन्त पनि आमाले आफ्ना छोराछोरीलाई क्रुर बाघको घेराबाट बचाएको कथा प्रस्तुतिमा छ। आमाले जोगाएर आकाशमा पुगेका दाजु बहिनी अन्ततः चन्द्र र सूर्य बन्छन्।

दाजु, बहिनी, आमा, बाघ र काग गरी ५ पात्र रहेको यस कथामा श्रेष्ठले एकल प्रस्तुतिको परिकल्पना गरेका छन् । श्रेष्ठका अनुसार यो माया, ममता, सहयोग, संघर्ष र खुसीको कथा हो।

कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’को यो १० औं संस्करण हो । त्यस्तै बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको कोरिया सेन्टर ‘आसितेज कोरिया’ले ‘इन्टरनेशनल समर थिएटर फेस्टिभल’को यो वर्ष २६ वर्षदेखि गर्दै आएको छ।

कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए। थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.