भुइँमा राखेर उपचार

भुइँमा राखेर उपचार

भोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेका विष्णु तिम्सिना टाइफाइडले सिकिस्त भएकी ६३ वर्षीया आमालाई स्ट्रेचरमा बोकाएर आइतबार जिल्ला अस्पताल आइपुगे । तर, आकस्मिक कक्ष भरिभराउ थियो । डाक्टरले विष्णुकी आमालाई एकछेउ भुइँमै राखेर सलाइन चढाएर परीक्षण थाले ।

वर्षातसँगै जिल्ला अस्पताल भोजपुरमा मौसमी बिरामीको चाप बढेको छ । दूषित खानेपानीका कारण अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला, टाइफाइड, निमोनियालगायत रोगका बिरामी बढेपछि भुइँमै राखेर उपचार गर्नुपरिरहेको हो । दैनिक ४० देखि ६० बिरामी जिल्ला अस्पतालमा भर्ना हुन आउने गरेका छन् । अधिकांश बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, टाइफाइड, दम तथा निमोनियाको लक्षण देखिने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार मौसम परिवर्तनको समयसँगै फोहोर खानेपानीका कारण मौसमी बिरामीको चाप बढेको हो ।

बिरामीको चाप बढेपछि १५ शड्ढया रहेको अस्पतालमा ३५ शड्ढया थपेर उपचार भइरहेको छ । बिरामीलाई भुइँमै बक्सबेड (कुरुवाका लागि राखिएको खाट)मा राखेर उपचार गर्नुपरिरहेको डा. शिवजी रिजालले बताए । ‘अस्पतालको भवन निर्माण भइरहेको छ’, उनले भने, ‘यसकारण पनि साँघुरो बनेको बिरामी कक्षमा तत्कालका लागि भुइँमै राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ ।’ ओपीडीमा दैनिक ९० को हाराहारीमा स्वास्थ्य परीक्षण र उपचारका लागि बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.