मजदुरबीच झगडा हुँदा एकको ज्यान गयो

मजदुरबीच झगडा हुँदा एकको ज्यान गयो

धनकुटा : साँगुरीगढी गाउँपालिका-६ भेडेटारस्थित कार्कीछापमा रहेको एक होटलमा कार्यरत दुई मजदुरबीच झगडा हुँदा एकको ज्यान गएको छ। कार्कीछापमा रहेको होटल माउण्ट एभरेष्टमा काम गर्ने सुनसरी चटरघटीका १९ वर्षीय निशान लिम्बू र सोही गाउँपालिका- ६ निवासी १८ वर्षीय सुरज राईबीच झगडा हुँदा राईको मृत्यु भएको हो। 

लिम्बूले प्रहार गरेको धारिलो हतियारबाट राईको मृत्यु भएको प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए। टाउकोमा गम्भीर चोट लागेका राईको घटनास्थलमै मृत्यु भएको थियो। बिहान करिब ९ बजेतिर घटना भएको हो। लिम्बूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.