प्रचण्डको आरोपः कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोज्दैछ

प्रचण्डको आरोपः कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोज्दैछ

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ औँ अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

राजधानीमा सोमबार भएको पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या समाधान गर्न नदिएर कांग्रेसले केसीको ज्यान लिन खोजेको आरोप लगाएका हुन् । 

‘मैले नजिकबाट हेरिरहेको छु, प्रतिक्रान्तिका तत्वहरु विभिन्न बहानामा उल्ट्याउन खोजिँदैछ । १५ चोटी पहिले नै गोविन्द केसी आन्दोलन बसिसकेका छ । लोकतान्त्रिक भन्ने सरकारकै बेलामा सबैभन्दा बढी अनशन बसेका थिए’, दाहालले भने, ‘गोविन्द केसीको काम अनशन बस्ने हो, नेपाली समाजले पचाइसकेको छ । उनीसँग वार्ता हुन्छ, सहमति पनि हुन्छ । उनको जीवन रक्षको पहिलो प्राथमिकता हो सरकारको, त्यही भएर केसीको जीवन बचाउन सरकारले टोली जुम्ला पठायो ।’

अध्यक्ष दाहालले सरकारले केसीको जीवन रक्षा गर्न खोज्दा अर्को पक्ष (नेपाली कांग्रेस) ले केसीको हत्या गर्न खोजेको बताए । ‘सरकार बचाउन खोज्दैछ तर नेपाली कांग्रेस गोविन्द केसीको हत्या गर्न खोज्दैछ । नेपाली कांग्रेसले ज्यान लिन खोजेको के हो ?’, उनले भने, ‘नेपाली कांग्रेस गोविन्द केसीको पुच्छर समातेर तर्न खोजेको हो ? कांग्रेस यति कम्जोर र निम्छरो भइसकेको हो ? कांग्रेसको आफ्नो एजेन्डा नभएपछि तोडफोडमा उत्रिन खोजेको हो ?

यही तरिकाले अघि बढेमा कांग्रेस अब चाँडै सक्किने पनि उनले दाबी गरे । ‘यही शैलीमा अघि बढे कांग्रेस अब सिद्धियो, कांग्रेसको अवसानको बाटो हो यो’, उनले भने, ‘एउटा मान्छेको मागलाई हुबहु मान्ने हो भने संसद र सरकार किन चाहियो ? अनशन बस्न लगाइदिऊँ, उसको माग पुरा गरिदिऊँ अनि विधिको शासन चाहिँ नचाहिने हो ?’

दुईतिहाइ बहुमतको सरकार र संसद भएका बेला बाहिरबाट समाधान खोजिनु गलत हुने उनले बताए ।  ‘संसद बाहिरबाट खोजिनु गलत हो । संसदभित्रबाटै समाधा खोजिनुपर्छ’, दाहालले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.