अदालतबाट छुटेर फेरि पुरानै धन्दा

अदालतबाट छुटेर फेरि पुरानै धन्दा

विराटनगर : विराटनगर ६ का १९ वर्षीय सम्म सैफ अलीसँग २०७४ मंसिर २९ गते जिल्ला अदालत मोरङले चोरी मुद्धामा १० हजार रुपैयाँ धरौटी माग गर्‍यो। प्रहरीले चलाएको चोरी मुद्धामा अदालतले मागेको धरौटी रकम बुझाएर उनी छुटे। त्यस अघि कात्तिक २२ गते आगजनी मुद्धामा पनि उनलाई अदालतले २० हजार धरौटी मागेको थियो।

आगजनी मुद्धामा धरौटी रकम बुझाएर छुटेको एक महिनापछि नै उनी विरुद्ध प्रहरीले चोरी मुद्धा चलाएको हो। उनै सम्म सैफ अली अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्।  आगजनी र चोरी मुद्धामा धरौटी बुझाएर छुटेका उनी पछिल्लो समय पुरानै धन्दामा संलग्न रहेको पाइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार चोरी गर्ने पुरानै धन्दामा संलग्न रहेको पाइएपछि पक्राउ गरेर अली विरुद्ध चोरी मुद्धा दर्ता गर्न अदालतबाट म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो।

विराटनगर महानगरपालिका- ५ का गिरानन्द ठाकुरको घरमा संचालन गरिएको ह्याप्पी फर्मा राजेश मेडिसिन प्रालीको कार्यालयको ताला फुटाएर चोरी गरेको आरोप उनीमाथि छ। अलीले साउन ५ गते मेडिसिन प्रालीबाट तीनवटा कम्प्युटर, दुईवटा ल्यापटप, सीपीयू, राउटर, युपीएस, राउटर, हस्ताक्षर गरिएका विभिन्न बैंकका चेकबुक र नगद चोरी गरेको एसपी केसीले बताए।

हस्ताक्षर गरिएको लक्ष्मी बैंकको चेक साट्न जाने क्रममा उनलाई बैंकका कर्मचारीले दिएको सूचनाका आधारमा विराटनगर ७ स्थित लक्ष्मी बैंक परिषरबाटै पक्राउ गरिएको उनको भनाइ छ। अलीको घरमा प्रहरीले छापा मार्दा चोरी भएका सामान सहित तीनवटा चक्‍कु, मोटरसाइकलको चाबी, विभिन्न बैंकका चेकबुक, २६ हजार पाँच सय भारतीय रुपैयाँ र नेपाली एक हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.