चोरेर भाग्दा भाग्दै समातिए दुईजना पाकेटमार
काठमाडौं: पाकेट मारेर भाग्दै गरेको अवस्थामा दुईजनालाई प्रहरीले रंगे हात समातेको छ । मंगलबार काठमाडौं-१४ बाफलस्थित नारायणी पेट्रोलपम्प अगाडि पाकेट मारी भाग्दै गरेको उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुर सनेपा बस्ने सल्यान खलंगाका ३३ वर्षीय सन्तोष विष्ट र चाबहिल बस्ने लम्जुङ सुन्दरबजारका ३३ वर्षीय राजेन्द्र गुरूङ रहेका छन् ।
प्रहरीले सन्तोष र राजेन्द्रको साथबाट नगद २६ हजार ८ सय ७२ नेपाली रुपैयाँ, ३४ हजार २० भारतीय रुपैयाँ र १ थान खल्ती काट्ने ब्लेडसमेत बरामद गरेको छ । उनीहरुलाई हिरासमा राखेर अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !