२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ,अदालत पेश गरिँदै

२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ,अदालत पेश गरिँदै
सुन्नुहोस्

काठमाडौं: कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। फरार भएको करिब २१ वर्षपछि उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.