साथीसँग खेल्न गएकी जेविनाको पोखरीमा डुबेर मृत्यु

साथीसँग खेल्न गएकी जेविनाको पोखरीमा डुबेर मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ को पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान–३ निवासी जोगन मुर्मूकी छोरी जेविना मुर्मू रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजेतिर जेविना ४–५ जना साथीसँग खेल्न गएकी थिइन्। खेल्ने क्रममा धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा डुबेर उनी बेपत्ता भएकी थिइन्। उनीसँग रहेका साथीहरूले घटनाका बारेमा स्थानीयलाई जानकारी गराएपछि स्थानीयले पोखरीबाट जेविनालाई बाहिर निकालेका थिए। उनलाई घर पुर्‍याइए पनि त्यतिबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाको घरदेखि करिब ४ सय मिटर दूरीमा रहेको पोखरीमा डुबेर घटना भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.