शरीर वन्धक तथा करणीमा फरार पक्राउ

शरीर वन्धक तथा करणीमा फरार पक्राउ
सुन्नुहोस्

नुवाकोट : रसुवामा शरीर वन्धक तथा जवरजस्ती करणी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् । दुवै जनालाई अदालतमा पेस गरिएको छ ।    फैसला कार्यान्वयनको सिलसिलामा अदालतवाट प्राप्त लगत अनुसार कैद भुक्तान हुन बाँकी रहेका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा अपहरण शरीर वन्धक तथा कर्तव्य ज्यान मुद्दामा चार वर्ष कैद सजाय फैसला भएका उत्तरगया गापा–१ का ४८ वर्षीय अमृत तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार तामाङलाई रसुवा अदालतमा पेस गरिएको छ । यसैबीच, प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार रहेका उत्तरगया गापा–३ का २८ वर्षीय शंकर नेपालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालीलाई अदालतमा पेस गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको अनुमति प्राप्त भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.