आज पनि बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : आज पनि सुन-चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ७ हजार २०० र चाँदी १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० कायम भएको हो।
महासंघका अनुसार यसदिन एक तोला चाँदीको मूल्य ४ हजार ६१५ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ४५० कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस !