कर्णालीमा फोर्स गाडी दुर्घटना (अपडेट): उपचारका क्रममा एकजनाको मृत्यु, अन्यको खोजि जारी

कर्णालीमा फोर्स गाडी दुर्घटना (अपडेट): उपचारका क्रममा एकजनाको मृत्यु, अन्यको खोजि जारी
सुन्नुहोस्

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटारा क्षेत्रमा फोर्स गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको  पुष्टि भएको छ। मृत्यु हुनेमा कालिकोटको पचाल झरना गाउँपालिका–९ निवासी ४५ वर्षीय जेखे तिरवा रहेका छन्। घटनास्थलबाट उद्धार गरी उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटना बिहीबार बिहान करिब ११:३० बजे भएको हो। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट खसेर कर्णाली नदीमा पुगेको थियो। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना तथा स्थानीयवासीको टोली खोज तथा उद्धार कार्यमा जुटेको थियो।

प्रहरीका अनुसार गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा ५ देखि ६ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ताको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य निरन्तर चलिरहेको छ। सशस्त्र प्रहरी बलको तालिम प्राप्त गोताखोर टोलीसमेत परिचालन गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.