साउण्ड सिस्टमा समस्या आएपछि स्थगित भएको राष्ट्रिय सभा बैठक सुरू
काठमाडौं : साउण्ड सिस्टममा समस्या आएपछि स्थगित भएको राष्ट्रिय सभा बैठक पुन: सुरू भएको छ। संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार साउण्ड सिस्टममा आएको प्राविधिक समस्याका कारण बैठक केही समयका लागि स्थगित गरिएको थियो। समस्या समाधान भएपछि बैठक पुनः सञ्चालनमा आएको उनले जानकारी दिए।
अहिले राष्ट्रिय सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !