रानीमहलको जिम्मा तानसेन नगरपालिकालाई

रानीमहलको जिम्मा तानसेन नगरपालिकालाई

काठमाडौं : रानी महलको संरक्षण र व्यवस्थापन गर्ने गरी मन्त्रालयले १० वर्षका लागि तानसेन नगरपालिकालाई बिहीबार जिम्मा लगाएको छ। पहिलो पटक ऐतिहासिक एवं पुरातात्विक महत्वको रानी महलको व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारी पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले औपचारिक रुपमा प्रदान गरेको हो। 

संघीय सरकार मातहतका रहेका पुरातत्व र ऐतिहासिक महत्वको स्थल मन्त्रालयले पहिलो पटक स्थानीय सरकारलाई जिम्मेवारी सुम्पेको हो। स्थानीय सरकारको जिम्मेवारी बोध हुने गरी संरक्षण, सम्वद्र्धन र व्यवस्थान गर्ने शर्त पालना गर्ने र यसले राज्यलाई फाइदा हुने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले बताए। 

ऐतिहासिक पुरानै संरचना, कलाकृतिलाई नास नहुने गरी संरक्षण गरी व्यवस्थापन गर्ने लक्ष्यले जिम्मा लिएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कतरन राज पौडेलले बताए। जीर्ण रहेको रानीमहललाई थप व्यवस्थित बनाएर पर्यटक भित्राउने लक्ष्यका साथ तत्काल काम अघि बढाउने तयारी नगरपालिकाले लिएको छ। आन्तरिक तथा वाह्य पर्यटकले सशुल्क रानीमहलको विषेशता बारे जानकारीसहित अध्ययन भ्रमण गर्न पाउने व्यवस्था गर्ने पौडेलले बताए। 

हस्तान्तर कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको समेत उपस्थिति थियो। यो मन्त्रालयको पहिलो अभ्यास पहिलो अभ्यास भएको र स्थानीय सरकार पनि एतिहासीक क्षेत्रको संरक्षण प्रतिको दायित्वबोध गर्न खोजेको मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.