एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे

एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् । 

उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए  ।  दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । जसमा उनले ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । 

उनले २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । उनी स्कटल्यान्डको एकदिवसीय टिमको पनि हिस्सा हुन् । उनले २६ एकदिवसीय खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् । 

सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनकासहित न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरू टोलीमा समावेश गरेको छन् । हाल सुदूरबाट खेल्ने मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् ।

सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । त्यस्तै टिममा नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी,अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको खेलिरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि पुस ६ गतेसम्म एनपीएलको पहिलो संस्करण हुँदैछ । सुदूरपश्चिमले लिगको पहिलो खेल मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.