विद्यालयको सामान चोरी गर्ने दुई पक्राउ

विद्यालयको सामान चोरी गर्ने दुई पक्राउ

गुलरिया : गुलरिया नगरपालिका-४ स्थित भानोदय आधारभुत विद्यालयको कार्यालयको कोठा तोडफोड गरी कम्प्युटरलगायतका सामाग्री चोरी गरेको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विद्यालयको कम्प्युटर, प्रिन्टरलगायतका करिब साढे ३ लाख मुल्य बराबरका सामाग्री चोरीको आरोपमा उत्तर प्रदेश भारतको बहचाईचका २५ वर्षीय सनि गौतम र २१ वर्षीय त्रिभुवन गौतमलाई नेपालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

उनले भने साउन २ गते विद्यालयमा चोरी भएपछि विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले  प्रहरीलाई जानकारी गराए थिए। प्रहरीले उनीहरुलाई गुलरिया नगरपालिका- ७ स्थित बदलुपुरबाट उनीहरुलाई पक्राउ गर्न सफल भयौं।उनीहरुबाट १ थान कम्प्युटर, ५ थान मनिटर, २ थान सीपीयु, फोटोकपी मेसिन १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।थप अनुसन्धान भैरहेको डीएसपी खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.