गाउँपालिकाका दुई कर्मचारी एक लाख १० हजार घुससहित पक्राउ

गाउँपालिकाका दुई कर्मचारी एक लाख १० हजार घुससहित पक्राउ

वीरगन्ज : पर्साको धोबीनी गाउँपालिकाका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धोबिनी गाउँपालिकाका लेखापाल रौतहटको गरुडा नगरपालिका २ घर भएका कृष्णनन्दन यादव र नायब सुब्बा बाराको पचरौता नगरपालिका २ घर भएका महम्मद इनामुललाई शुक्रबार सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।

 हेटौंडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मणबहादुर खड्काको नेतृत्वमा आएको टोलीले वीरगन्जको पिपरास्थित लेखापाल यादवको डेराबाट शुक्रबार दिउँसो दुवै जनालाई सेवाग्राहीबाट घुस लिएको रकम एक लाख १० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

धोबीनी गाउँपालिका २ मा रहेको संसारीमाई मन्दिरको रंगरोनका लागि खर्च भएको चार लाख रुपैयाँको चेक भुक्तानी दिन ४० हजार र वडा नम्बर २ भीखमपुर पिपरामा सडक ढलानमा खर्च भएको आठ लाख रुपैयाँको चेक भुक्तानी दिन ७० हजार गरी एक लाख १० हजार रुपैयाँ घुस दुवै कर्मचारीले उपभोक्ता समितिका अध्यक्षसँग मागेका थिए ।

शुक्रबार यादवको डेरामा चेक भुक्तानी लिन पुगेका दुवै उपभोक्ता समितिका अध्यक्षले घुस बापतको रकम दिँदै गरेको अवस्थामा अख्तियारको टोलीले दुवै कर्मचारीलाई हेटौंडा लगिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.