कम्युनिस्ट लोकतन्त्रवादी हुनै सक्दैनन् : देउवा

कम्युनिस्ट लोकतन्त्रवादी हुनै सक्दैनन् : देउवा

चितवन : कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट लोकतन्त्रवादी हुनै नसक्ने बताएका छन् । चितवनको गैंडाकोटमा सुरु भएको कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन  समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘सबै सचेत हुनुपर्ने अवस्था आएको छ, किनकी कानुनी राज्यमाथि आक्रमण भइराखेको छ । संविधान कार्यान्वयन नभएको भए देश अर्कै स्थितिमा पुग्थ्यो’, देउवाले भने, ‘स्वभावैले कम्युनिस्ट लोकतन्त्रवादी हुनै सक्दैनन । त्यसैले कांग्रेसले कम्युनिस्ट सरकारलाई संविधानको खिलापमा जानबाट रोक्नुपर्छ ।’

देउवाले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध षड्यन्त्र भइरहेको भन्दै सचेत हुन सबैलाई आग्रहसमेत गरे । कांग्रेसले संविधानमाथिको खतरताविरुद्ध लाग्ने बताउँदै देउवाले सबैलाई सचेत हुन आग्रह गरेका हुन् । ‘हामी कुनै हातलमा संविधानमाथिको खतरा आउन दिँदैनौँ’, देउवाले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध षड्यन्त्र भइरहेको छ यसमा भने हामी सबै सचेत हुनुपर्छ ।’

त्यसैगरी देउवाले कांग्रेसलाई आन्दोलनको रहर नभएको तर सरकारले आन्दोलनतर्फ धकेलेको आरोपसमेत लगाए । ‘आन्दोलन हाम्रो रहर होइन । सरकार हामीलाई जबरजस्ती धकेलेर आन्दोलनमा जा भनिराखेको छ’, देउवाले भने। 

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको सुनुवाइ रोकिनु शंकास्पद भएको बताए । ‘संसदीय सुनुवाइ रोकिनु शंकास्पद छ’, पौडेलले भने, ‘यो किन रोकियो सम्बन्धित निकायले जवाफ दिनुपर्छ ।’ सँगै पौडेलले संवैधानिक निकाय र प्रशासनमाथि चलखेल भइरहेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.