कर वृद्धिको विरोधमा वीरगञ्ज महानगरका व्यवसायी आन्दोलनमा

कर वृद्धिको विरोधमा वीरगञ्ज महानगरका व्यवसायी आन्दोलनमा

वीरगन्ज :  वीरगञ्ज महानगरपालिको कर वृद्धिको विरोधमा दुई दर्जनभन्दा बढी संघसंस्था सड्कमा उत्रिने निर्णय गरेका छन् । 

आर्थिक वर्ष २०७५/७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनताको विरोधमा रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा विभिन्न संघसंस्था आन्दोलनमा उत्रीने निर्णय गरेका हुन । 

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा शनिबार बसेको विभिन्न संघसंस्थाका पदाधिकारीको बैठकले महानगरपालिकाले दश गुनासम्म गरेको करको दर वृद्धिको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए।

महानगरपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागु हुने गरी घर जग्गा, सम्पति ,सवारी साधन , व्यापार व्यवसाय , जन्म , मृत्यु र विवाहदर्ता लगायतका शीर्षकमा आफूखुशी अत्यधिक कर वृद्धि गरेको भन्दै त्यसको विरोधमा आन्दोलनको घोषणा गरेको उनले बताए ।

वाणिज्यसंघका अध्यक्ष शर्माले कर  वृद्धिको विरोधमा आइतबारदेखि सडक आन्दोलनमा उत्रिने जानकारी गराए । उनले भने ,‘नयाँ करको दर जनताको पक्षमा नरहेको र विगतमा नेपाल सरकारले खारेज गरिसकेको चुङ्गीकरलाई ब्यूँताइ महगाइँ बढाउने काम मात्र गरेकाले बाध्यभएर आन्दोलन गर्नुपरेको छ ।’ 

अध्यक्ष शर्माले वृद्धि गरिएको कर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिए । शर्माका अनुसार,विगतका आर्थिक वर्षमा घर जग्गा र सम्पत्तिको मुल्यांकन गर्दा मालपोत कार्यालयको रजिष्ट्रेशन प्रयोजनका लागि निर्धारण गरिएको न्युनतम मुल्यांकनलाई आधार मानेर महानगरपालिकाले कर लिदै आएको थियो ।

 चालु आर्थिक वर्षदेखि मालपोतको मुल्यांकनलाई पाखा लगाएर आफूखुशी  घर जग्गा र सम्पत्तिको मुल्यांकन तोकेर करको दर बढाएको छ । 'एक करोड ८० लाख न्युनतम मुल्यांकन गरेको जग्गाको महानगरपालिकाले छदेखि आठ करोडसम्म मुल्यांकन तोेकेको छ,'अध्यक्ष शर्माले भने,‘पोहर साल जग्गाको कर १३ हजार तिरेकाले यसपाली ९३ हजार रुपैयाँ  तिर्नु पर्ने भएको छ ।’

विगतका आर्थिक वर्षमा वीरगन्ज महानगरमा व्यवसाय करको अधिकतम सीमा १० हजार रुपैयाँ रहेकोमा  अहिले  दुई लाख कायम गरिएको छ । यस्तै गत आर्थिक वर्षमा होटल व्यवसायमा करको अधिकतम सीमा ५० हजारबाट बढाएर एक लाख २५ हजार रुपैयाँ  कायम गरिएको  छ ।

महानगरपालिकाले प्रदुषण एवम् सडक सुधारको नाममा मालवाहक सवारी साधन, भारतबाट वीरगन्जमा प्रवेश गर्ने भन्सार नाकामा नै महङगो कर असुल्न थालेको छ । 
औद्योगिक उत्पादनका वस्तु सिमेन्ट ,फलामे छड करको दर बढाइएको छ । विगतमा कबाडीजन्य वस्तुमा लाग्ने गरेको कबाडी कर खारेज भइसकेको भएपनि महानगरपालिकाले  पुन : कबाडी कर लागु गरेको अध्यक्ष शर्माले बताए । 
 पेट्रोलका साथै डिजेलमा प्रति लिटर २५ पैसा कर महानगरपालिकाले लागु गरेको भन्दै अध्यक्ष शर्माले भने ,‘ विगतका  दिनमा जन्म दर्ता , मृत्यु दर्ता , विवाह दर्तामा  दुई सय प्रतिशतसम्म वृद्धि गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.