डलर बाँडेर समाज बिथोल्न पाइदैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले देशमा गलत उद्देश्यबाट निर्देशित रकम बाँडेर समाज बिथोल्न नपाइने बताएका छन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का इन्जिनियरको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर र युरो ल्याएर बाँड्दै समाज बिथोल्ने कार्य गर्न पाइदैन’, ओलीले भने, ‘पैसा बैंकमार्फत् र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’
ओलीले विकासका काममा ढिलाइ गर्न नहुने बताए । देशअहिले विकासको महअभियानमा भएकाले यसमा इन्जिनियरको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाललाई बधाइ दिए । संगठनले देशको विकासको नक्सांकन पनि थप मजबुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विश्वास गरेका छन्।
संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरीराम पराजुली महासचिव रहेको ९५ सदस्यीय कार्य समिती गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस !