आन्तरिक पर्यटक तान्दै गाइखुरे छहरा

आन्तरिक पर्यटक तान्दै गाइखुरे छहरा

बेसीसहर : पोखराबाट बेसीसहर आउँदै गरेका सन्तोश गुरुङको मन अचानक उदिपुरको गाइखुरे झरनाले खिच्यो। एक दर्जन युवाहसहित बेसीसहर आउँदै गरेका उनीहरु मनमोहक झरनामा नबसीकन अघि बढ्न सकेनन्। 

'अति सुन्दर झरना, हेर्दा मात्र पनि धेरै आनन्द मिल्दो रहेछ', गुरुङले भने, 'हामीले त हेरेर मात्र चित्त बुझाउन सकेनौ, मस्त भिजियो, धेरै रमाइलो भयो।' झरनाको आकर्षणले गोरखाका सुजन थापाको पनि मन थामिएन। 'बेसीसहर जाँदा आउँदा झरनामा नखेली मनै मान्दैन' सुजनले भने, 'यस्तो झरनामा त दिनदिनै रमाउन पाए पो।'

गुरुङ र थापा मात्र हैन गर्मीको समयमा बेसीसहर-भोटेओडार सडकमा हिड्ने जो कोहीपनि गाइखुरे झरनाको मनोरम लिएरै छाड्छन्। पछिल्लो समय डुम्रे बेसीसहर सडकखण्डअन्तर्गत उदिपुरको गाइखुरे झरनामा रमाउनेको भीड बढेको छ। निरन्तरको वर्षात पछि झरना पनि ठूलो भएको छ। झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेको भीड पनि बाक्लिन थालेको छ। 

प्रत्येक बर्खाको सिजनमा आन्तरिक पर्यटकलाई आकर्षण गर्ने झरनामा हेर्न, भिज्न जानेको निकै भीड लाग्न थालेको छ। झरनालाई पृष्ठभुमी बनाएर सेल्फी लिनेको पनि त्यत्तिकै भीड लाग्ने गरेको छ।

हप्ताभरि काममा व्यस्त हुनेहरु विदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन्। कतिपय त दिनभरीको थकाई मेटाउन साँझपख झर्ना पुग्ने गरेका छन्। 'झरनामा पुगेपछि सबै थकाई मेटिएको महसुस हुन्छ', बेसी;हरका शंकर गुरुङ भन्छन, 'यसलाई बाह्रै महिना चलाउन सके झनै राम्रो हुनेथियो।'

वर्षातको समयमा मात्र हुने उक्त झरनाले स्थानिय पर्यटकलाई निकै आकर्षण गरेको छ। अन्य जिल्लाबाट लमजुङ आउने पर्यटकलाई पनि यो झरनाले लोभ्याउने गरेको छ। लमजुङ आएका यात्रीहरु पनि झरनाको आकर्षणले सवारी रोकेर अवलोकन गर्ने गर्छन्।

पर्यटकीय जिल्ला भएरपनि छोटो समयको लागि लमजुङ आउनेको मन यो झरनाले जित्न थालेको छ। उक्त झरनामा क्यानोनिङ समेत गर्न सकिन्छ। अघिल्लो वर्ष सोहि झरनामा व्यावसायिक क्यानोनिङ गरिएको थियो। उक्त झरनाको प्रचार तथा प्रवर्दन गर्न सके थप पर्यटक भित्र्याउन सकिने सरोकारवाला बताउँछन्। 

साहसिक पर्यटकीय खेलमा रमाउन चाहने पर्यटक वा स्थानियबासी जो कोहिले पनि उक्त झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सक्ने हुँदा सम्भावित क्यानोनिङ स्पोटको रुपमा प्रर्वद्धन गर्नुपर्ने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा बताउँछन्।

उक्त झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरवजारलगायतका स्थानबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरु आउने गर्दछन्। सदरमुकाम बेसीसहर आउने बाटोमा भएको कारण कतिपय यात्रीहरु सवारी रोकेर पनि यहाँको प्रकृतिसँग रमाउने गरेका छन्। 

पर्यटकहरुको संख्या बढेपछि नेपाली सेनाको पशुपतिप्रसाद गणले झरनासम्म पुग्ने बाटो मर्मत, प्रतिक्षालय र पोखरी निर्माण गरेको थियो। बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.