कर वृद्धिः वीरगन्जका मेयरविरुद्ध राजपाले पनि आन्दोलनमा थाल्ने

कर वृद्धिः वीरगन्जका मेयरविरुद्ध राजपाले पनि आन्दोलनमा थाल्ने

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको कार्यालयले गरेको कर वृद्धिको विरोधमा राष्टिय जनता पार्टी नेपाल (राजपा) पनि आन्दोलनमा उत्रिने भएको छ । महानगरपालिकाको कर वृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघ पनि आइतवारदेखि आन्दोलित छ । राजपाले पनि कर बृद्धिको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएको हो । 

वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजयीकुमार सरावगीको दल संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को सरकारमा सहयात्री दल राजपाले पनि आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महानगरपालिकाले गरेको कर वृद्धिको निर्णय नगरवासीको हितविपरित रहेको ठहर गर्दै राजपाले कर वृद्धिको निर्णय खारेज नभए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर राजपाले वृद्धि गरिएको कर एक सातामा खारेज नगरिए मेयर सरावगीविरुद्ध सडक आन्दोलनमा उत्रिने घोषणा गरेको छ । 

पत्रकार सम्मेलनमा राजपाका महासचिव शिव पटेलले जनताको हितमा काम गर्ने भनेर निर्वाचित जनप्रतिनिधिले आफूखुशी कर वृद्धि गरी जनतालाई शोषण गरेको आरोप लगाए । ‘पहिला सेवा दिएर त्यसबापत कर उठाउनु पर्छ’, उनले भने, ‘तर मेयर सरावगीले नगरवासीलाई सेवा दिनुको सट्टा कर वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेका छन् ।’ 

उनले अनावश्यक रुपमा करको भारी जनता माथि थोपरेर जनप्रतिनिधीले संघीयतालाई असफल पार्ने षडयन्त्र गरिरहेको आरोप पनि लगाए । ‘स्थानीय तहका जनप्रतिनिधीले आफु खुशी अनेक शीर्षकमा कर बढाएका छन्’, उनले भने, ‘यसले गर्दा संघीयता आएपछि धेरै कर तिर्नु पर्ने रहेछ भन्ने सोच जनतामा पैदा भएको छ, त्यसैले गर्दा संघीयतालाई बदनाम गरेर असफल पार्ने काम जनप्रतिनिधिबाट भइरहेको छ ।’ 
पत्रकार सम्मेलनमा राजपाका अर्का महासचिव राजेशमान सिंहले महानगरका मेयर सरावगी सेवामुखी भन्दा करमुखी बनेर शोषकका रुपमा अगाडि आएको आरोप लगाए । 

कर वृद्धिको निर्णय फिर्ता लिन महानगरलाई एक हप्ते अल्टिमेटम दिएको भन्दै महासचिव सिंहले फिर्ता नलिइए राजपा पनि चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । 

यसअघि कर वृद्धिको विरोधमा आइतवारदेखि वीरगन्ज उद्योग वाणिज्य संघ पनि आन्दोलनमा उत्रिसकेको छ । उसले आइतवार वीरगन्जमा विरोध र्‍याली प्रदर्शन गर्दै कर वृद्धिको निर्णय फिर्ता लिन एक हप्ताको अल्टिमेटम दिइसकेको छ । 

महानगरपालिकाको कार्यालयले साउन १ गते देखि लागू हुने गरी घर जग्गा, सम्पत्ति, सवारी साधन, व्यपार व्यवसाय, जन्म, मृत्यु र विवाहदर्ता लगायतका शीर्षकमा कर वृद्धि गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.