मातेको झोंकमा कमलले पत्नी सुन्तलीको ज्यान लिए

मातेको झोंकमा कमलले पत्नी सुन्तलीको ज्यान लिए

पोखराः पोखरा महानगरपालिका–२७ का ६३ वर्षीय कमल कुमालले रक्सीले मातेर आफ्नै पत्नी ५५ वर्षीया सुन्तली कुमालको सोमबार दिउँसो हत्या गरेका छन् । रिसको झोकमा उनले पत्नीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डीएसपी रवीन्द्रमान गुरुङका अनुसार कमलले दिउसो २ बजे गैंतीको बिँडले टाउकोमा हान्दा घाइते भएकी सुन्तलीलाई उपचारार्थ सामुदायिक अस्पताल सिसुवामा भर्ना गरिएको थियो । 

दिउँसो २ बजेर ३५ मिनेटमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घरायसी झगडाका क्रममा कमलले सुन्तलीलाई प्रहार गरेका थिए । हत्या अभियोगमा कमललाई प्रहरीले पक्रिसकेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.