तटबन्ध जोगाउन आकस्मिक उपाय

तटबन्ध जोगाउन आकस्मिक उपाय

गुलरिया : वर्षेनी बाढीबाट क्षति पुर्‍याउँदै आएको गुलरिया नगरपालिकास्थित बबई नदी किनारको तटबन्ध जोगाउन आकस्मिक रोकथामका उपाय अपनाउन थालिएको छ। माटोबाट निर्माण गरिएका तटबन्ध पटकपटक बाढीले भत्काएपछि आरसीसी तथा बम्बो पाइलसँगै बोरामा बालुवा भरेर आकस्मिक सुरक्षाको उपाय अपनाउन थालिएको हो।

गुलरिया नगरपालिकाअन्र्तगत बाढी प्रभावित क्षेत्रहरुमा निर्माण भएका बाँधमा सुरक्षित उपाय अपनाएपछि स्थानीय पनि आशावादी बनेका छन्। गुलरिया नगरपालिका-६ निवासी रमेश गुप्ताले भने, 'नदीको कुनै भर त हुँदैन तर नदी किनारमा बनाइएका बाँध जोगाउन गरिएको उपाय राम्रो हो।

बबई नदीको बाढीले बर्दियाका स्थानीयलाई वर्षेनी त्राससँगै दुःख दिने गर्छ। उनले भने, 'जसरी हुन्छ दीर्घकालिनरुपमा बाढीको समस्या समाधान गर्नुपर्छ। गुलरिया नगरपालिकाभित्रका जब्दीघाट, पशुहाटलगायत लटकनियाका बाढी प्रभावित क्षेत्रमा निर्माण भएका माटोका तटबन्धहरु सुरक्षित गर्न आकस्मिक रोकथामको उपायका रुपमा नदीतर्फ आरसीसी र बम्बो पाइलिङ्ग तथा बोरामा बालुवा भरेर राखिएको बबई, भादा औरही नदी व्यवस्थापन आयोजना गुलरियाका ईन्जिनियर केशवप्रसाद अधिकारीले बताए। उनले भने, 'पटक पटक बाढीले भत्काएको बाँध सुरक्षित गर्न समयमै उपाय अपनाएका हौं।

अधिकारी थप्छन्,' ड्यामको सुरक्षासँगै बर्दियाका बाढी प्रभावित क्षेत्रहका स्थानीयको सुरक्षा गर्ने उद्देश्यले काम सुरु गरिएको हो। नदीतर्फ तटबन्धलाई पाइलसँगै भरेको बालुवाको बोरी र नदी बाहिर बाँधमा दुवोलगायतका घाँसजन्य झार रोपेर ड्याम सुरक्षित पार्ने काम भैरहेको छ। 

दैवीप्रकोप उद्धार समिति बर्दियाको सहकार्यमा प्रकोप नियन्त्रण कार्यअन्र्तगत निर्माण सम्पन्न तटबन्ध सुरक्षित गर्न लागेको उनको भनाई छ। आयोजनाको कार्यालय पूर्व सिँचाई मन्त्री संजयकुमार गौतमले गुलरियामा स्थापना गरेसँगै नदी नियन्त्रणको कामले तिव्रता पाएको छ। 

चारवर्ष अघि निर्माण सम्पन्न भएका माटाका तटबन्ध बबई नदीको बाढीले क्षती पुर्‍याएपछि ठेकेदार कम्पनीलाई पुन निर्माण गर्न लगाइएको आयोजना प्रमुख नारायण प्रसाद सुवेदीले बताए। उनले  बबई नदीको बाढी नियन्त्रण गर्न आयोजना लागिपरेको समेत बताए। उनले एकीकृत रुपमा दीगो रुपमा ४८ किलोमिटर दुईतर्फी नदी व्यवस्थापनका लागि १३ अर्ब २१ करोड रुपैयाँको शंसोधित पञ्चवर्षीय गुरुयोजना विभागमा प्रस्ताव गरिएको जानकारी दिए।

यो वर्ष तटबन्धमा नदीले क्षति नपुर्‍याए आगामी वर्षदेखि नदी नियन्त्रणको काम अगाडि बढ्छ। उनले भने, 'यसवर्ष लगभग ४ किलोमिटर तारजाली भर्न करिब ४० करोड रुपैयाँ बराबरको टेण्डर आब्हान भइसकेको छ। थपुवा र प्रयागपुरमा २/२ वटा र पशुहाट र लटकनियामा १/१ वटा गरी ६ ठाउँमा यसै वर्षदेखि काम सुरु हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.