पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध

पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध

बेसीसहर : चामे सडकको च्याम्चेमा पहिरो खसेपछि हिमाली जिल्ला मनाङ जाने एक मात्र सडक अवरुद्ध भएको छ।सोमबार दिउँसोबाट पहिरो खस्न थालेपछि सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन्।

मस्र्याङ्दी गाउँपालिका-४, च्याम्चे नजिकै पहिरो खसेपछि सडक बगाएको छ। स्थानीय खरसिंह तामाङले लगातार भएको वर्षाले पहिरो खसेको बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधन चल्न सकेका छैनन्। 

ठूलो पहिरो खसेकाले पैदल यात्रुलाई समेत वारपार गर्न समस्या भएको छ। पहिरोसँगै ठूलाठूला ढुंगा खसेका छन्। सोमबार दिउँसोदेखि मनाङ सवारी जान सकेका छैनन्। लमजुङको बेसीसहरदेखि ३० किलोमिटरको दूरीमा पर्ने च्याम्चेमा खसेको पहिरोले चक्रीय अन्नपूर्ण पदमार्गमा हिँड्ने पर्यटक तथा यात्रुलाई समस्या भएको मस्र्याङ्दी गाउँपालिका-४ का अध्यक्ष सुमन गुरुङले बताए।

गुरुङका अनुसार मनाङतिरबाट आएका सवारी साधन र बेंसीसहरबाट मनाङतर्फ हिँडेका सवारी साधन पहिरो गएको ठाउँमा रोकिएका छन्।'पैदलयात्री समेत मुस्किलले हिँडेका छन्,' गुरुङले भने, 'वर्षायाममा सधैं यस्तै सास्ती हुन्छ।'

वर्षाको समयमा बेसीसहर-चामे सडकको लमजुङ खण्डमा प्रायः पहिरो खसिरहने गर्दा सवारी नियमित हुन सकेका छैनन्। प्रहरी नायव उपरीक्षक यादव ढकालले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भैरहेको बताए। उनका अनुसार प्रहरी र स्थानीय मिलेर डोजरको सहायतमा सडक खुलाउने प्रयास भैरहेको छ। 

बर्खायाममा लमजुङ साथै मनाङका विभिन्न भागमा समस्या आउने गर्छन्। तर, यसपटक बर्खा नलाग्दै हिउदँमै समस्या उत्पन्न भएको थियो। हिउँदमै पनि च्याम्चेमा पहिरो खस्दा दुई दिन सडक अवरुद्ध भएको थियो। गत बर्खामा खुदीको अर्खलेबेसीमा यस्तै ठूला चट्टान झर्दा पाँचदिनसम्म सडक अवरुद्ध भएको थियो। 

बेसीसहर-चामे सडक ६५ किलोमीटर छ। सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि हिमाली जिल्ला मनाङ जोड्ने सडकको स्तरवृद्धि हुन सकेको छैन्। सडकको स्तरवृद्धि नहुँदा यात्रुले सधैं सास्ती खेप्नु परेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.