कन्टेनर पल्टिँदा चालकसहित तीनको मृत्यु, एक घाइते

कन्टेनर पल्टिँदा चालकसहित तीनको मृत्यु, एक घाइते

नुवाकोट : रसुवामा मंगलवार कन्टेनर दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।  सदरमुकाम धुन्चेबाट रसुवागढी हुदै केरुङतर्फ जाँदै गरेको ना६ख ४९२९ नम्वरको कन्टेनर गोसाइकुण्ड गाउँपालिका–५ को याङयाङ खोलामा दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सदरमुकाम धुन्चेदेखि १० किलोमिटर उत्तरमा रहेको साँघुरो सडकबाट कन्टेनर तीनसय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालक रसुवाकै गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेका २४ वर्षीय रामे विक, सोही स्थानका ३५ वर्षीय माहिले तामाङ र सोही स्थानकै ३५ वर्षिय साङ्गे लामाको ज्यान गएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । दुर्घटनामा ै धुन्चकै ३० वर्षीय नरेश मल्लठकुरी गम्भीर घाइते भएका छन् । 

घाइतेको रसुवा जिल्ला अस्पताल धुन्चेमा प्राथमिक उपचार गरि थप उपचारका लागि मंगलवार वेलुकी काठमाडौँ लगिएको रसुवा प्रहरीले जनाएको छ । खाली कन्टेनर रसुवागढी हुँदै चीनको केरुङतर्फ सामन लिन जाने क्रममा थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.