हेटाैंडा अस्पताल अब मनमोहन स्वास्थ्य प्रतिष्ठान
![हेटाैंडा अस्पताल अब मनमोहन स्वास्थ्य प्रतिष्ठान](https://annapurnapost.prixacdn.net/media/albums/manmohan-hetuda_20180802022157_cu2YiRNHyj.jpg)
हेटौंडा : संघीय सरकारले ३ सय शड्ढयाको अस्पताल बनाउने हेटौंडा अस्पताल अब मनमोहन स्वास्थ्य प्रतिष्ठानमा परिणत हुने भएको छ । प्रदेश ३ को सरकारले अस्पताललाई मनमोहन स्वास्थ्य प्रतिष्ठानमा परिणत गनए आवश्यक काम थालेको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रममा स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षा शिक्षण संस्थाको रूपमा अस्पताललाई प्रतिष्ठान बनाउने घोषणा गरेसँगै २ करोड रुपैयाँ बजेट पनि छुट्याएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले बुधबार अस्पतालको अनुगमन गरी रोकिएका काम तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् ।
अस्पताल परिसरमा संघीय सरकारको सहयोगमा थप ७० शड्ढयाको भवन निर्माणको ठेक्का दिइसके पनि निर्माण सुरु भएको छैन । अस्पतालमा हाल १ सय २० शड्ढया छन् । ९ महिनाअघि आशिष एन्ड डीएस जेभी निर्माण कम्पनीले २८ करोड १० लाख रुपैयाँमा भवन निर्माणको ठेक्का पाएको थियो । अस्पताल परिसरमा रहेका आधा दर्जन पुराना भवनसँगै २३ वटा अशोकका र अरू ६ रुख कटान हुन नसक्दा भवन निर्माण सुरु हुन सकेको छैन ।
अस्पतालका कर्मचारीसँग छलफल गर्दै मुख्यमन्त्री पौडेल र सामाजिक विकासमन्त्री दुलालले रुख काट्न सहजीकरण गर्ने बताउँदै पुराना भवन तत्काल भत्काएर निर्माण थाल्न निर्देशन दिए । अस्पतालका मेडिकल सुपरिटेडेन्ट कमल दवाडीले वन कार्यालयले रुख काट्न अनुमति नदिएको र पुराना भवन भत्काउँदा डाक्टरलाई आवासमा समस्या भएकाले भवन निर्माण सुरु हुन नसकेको जानकारी गराए । सामाजिक विकासमन्त्री दुलालले तत्काल रुख काट्न आवश्यक पहल हुने र डाक्टरलाई केही समय भाडाका घरमा राख्ने व्यवस्था गरिने बताए । ‘सामान्य कुरामा अल्झिएर काम रोक्नु भएन’, उनले भने, ‘बजेटको समस्या छैन, कुनै बहानामा काम रोकिनु हुन्न ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)